१ असार २०८३, सोमबार
,
Latest
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालयमा शिक्षकहरुको ‘भोगटे पार्टी’



अ+ अ-

ललितपुर । खुसीको अवसरमा कसैले चिया पसलमा त कसैले रेष्टुरेन्टमा, कसैले पार्टी प्यालेसमा त कसैले होटेलमा चियादेखि विभिन्न परिकारका खानेकुराको पार्टी गर्ने गर्छन । तर आइतबार अपरान्ह ललितपुरको च्यासलस्थित सामुदायीक विद्यालय श्रमिक शान्ति माविका ५७ जना शिक्षकहरुको पार्टी भने असाध्यै मुखमा पानी रसाउने रमाइलो खालको थियो । केही शिक्षक शिक्षिका कक्षाकोठामा विद्यार्थी पढाउँदै थिए, त कक्षा नभएर खाली बसेका शिक्षक शिक्षिकाहरु शिक्षक कोठामा ३० वटा भोगटे र त्यतिनै सुन्तला छोडाएर ठुलो डेक्चीमा भर्दैै थिए ।

पारिलो घाम लाग्ने शिक्षक कोठामै उनीहरु दहि, चिनी, पिरो धुलो खुर्सानीमा साँधेर खाने ‘भोगटे पार्टी’को तयारीको लागि भोगटे र सुन्तला छोडाउँदैै थिए । दिउँसोको खाजा खाने समयमा अरु खाजा नखाई विद्यालयका प्रधानाध्यापक सानुलाल व्यञ्जनकार सहित ५७ जना शिक्षक शिक्षिकाहरु लस्करै बसेर साँधेको भोगटे खाएर २०७६ सालको ‘भोगटे पार्टी’ भव्य तरीकाले मनाए ।हरेक वर्षको तिहारपछिको फुर्सदिलो शुक्रबार विद्यालयमा भोगटे साँधेर सबै शिक्षक शिक्षिका मिलेर ‘भोगटे पार्टी’ गर्ने गरेको विद्यालयकी शिक्षिका शान्ति पौडेलले बताइन् ।

तर गएको शुक्रबार ठुलो एकादशी परेकोले धेरै शिक्षकहरुको समय भएन, त्यसैले भोगटे पार्टीको साइत आइतबार खाजा खाने समयमा जुराइएको थियो । सो विद्यालयमा तिहारपछिको कुनै शुक्रबार भोगटे पार्टी आयोजना गर्न थालिएको निकै वर्ष भएको शिक्षकहरु बताउँछन । ‘भोगटे पार्टी,श्रमिक शान्ति माविको लागि परम्परा जस्तै हुन लागिसक्यो’ प्रधानाध्यापक सानुलाल व्यञ्जनकार भन्छन ।

‘जाडोको पारिलो घाममा भोगटे साँधेर खाँदा वेग्लै आनन्द आउने मात्रै नभई सबै शिक्षक शिक्षिकाहरु संगै बसेर खाँदाको आत्मियता झनै गाढा हुन्छ’ सहायक प्रधानाध्यापक पवन विक्रम कार्की रमाइलो पारामा भन्दै थिए ।