४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासङ्घको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान



अ+ अ-

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित हुनुभएको छ ।

आज यहाँ सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा वैद्यले ५६ मत प्राप्त गरी विजयी हुनुभयो भने रामचन्द्र सङ्घाईले ३० मत प्राप्त गर्नुभयो । वरिष्ठ उपाध्यक्ष पदका लागि सुरकृष्ण वैद्य, रामचन्द्र सङ्घाई र हेमराज ढकालले मनोनयन गर्दा गर्नुभएको थियो । तर ढकालले पछि उम्मेवारी फिर्ता लिनुभएको थियो ।

कोषाध्यक्ष पदमा विजयी मनिषलाल प्रधानले ६१ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी अम्बिकाप्रसाद पौडेलले २५ मत प्राप्त गर्नुभयो ।

छ जना केन्द्रीय सदस्य मनोनित

महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठले आजै दुई जना महिलासहित छ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको छ । मनोनित हुनेहरूमा शिवप्रसाद घिमिरे, मनिषलाल प्रधान, नवीन रिजाल, गोकर्ण कार्की, दर्शना श्रेष्ठ र सहारा जोशी रहनुभएको छ ।

महासङ्घको विधान धारा २९ को (च) १० को व्यवस्थाअनुसार सबै सदस्य समूहको प्रतिनिधित्व हुनेगरी कम्तीमा दुई जना महिलासहित सात जना सदस्य मनोनित गर्न पाउने प्रावधान छ । विधानतः बाँकी रहेको एक सदस्य पदमा भने मनोनय गर्न बाँकी छ । रासस