१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल

सयौ किसान मौरी जोनमा, कसरी पर्न सकिन्छ मौरी जोनमा ?

सयौ किसान मौरी जोनमा, कसरी पर्न सकिन्छ मौरी जोनमा ?
अ अ+ अ-

दाङ । दाङमा चालू आर्थिक वर्षदेखि शुरु भएको मौरी जोन कार्यक्रममा १४१ किसान आबद्ध भएका छन् । तीमध्ये चार सहकारी र एउटा सामूहिक छ भने अरू १३६ व्यक्तिगत मौरी फार्म छन् । मौरी जोन परियोजना कार्यान्वयन एकाइका कृषि अधिकृत कलाबुढा मगरका अनुसार मौरी जोनमा हालसम्म घोराही र तुलसीपुरका दुई– दुई सहकारी र एउटा सामूहिकसहित १३६ वटा मौरी फार्महरु सूचीकृत भएर प्रत्यक्ष मह उत्पादनको काम गर्दै आएका छन् ।

“पहिलो चरणमा किसानको मागका आधारमा मौरी जोन क्षेत्रहरुमा ‘कस्टम हाइरिङ’ र ‘पोस्ट हाइरिङ’ सेन्टर स्थापना गर्ने कार्यक्रम छ”, उहाँले भन्नुभयो, “कृषिकहरुलाई तालीम, अवलोकन भ्रमण गराउने एवम् मह उत्पादन, प्रशोधन र बजारीकरण तालीम पनि सञ्चालन गरिने छ ।”जिल्ला मौरी जोन कार्यक्षेत्र सिफारिस कार्यदलको प्रतिवेदनअनुसार तुलसीपुर, घोराही, शान्तिनगर, दङ्गिशरण, बबई र बङ्गलाचुलीलगायत पालिकाहरुमा अहिले व्यावसायिक मौरीपालनको काम भइरहेको र त्यसमा पनि मेलिफेरा र सेरेना जातको मौरी बढी पालिएका छन् । अहिले जिल्लामा सेरेना जातको दुई हजार ५४० र मेलिफेरा जातको १७ हजार ८०२ गरी २० हजार ३४२ मौरीको घार रहेको र त्यसबाट १०७ मेट्रिकटन सेरेना जातको र ६७५ मेट्रिकटन मेलिफेरा जातको गरी ७९२ मेट्रिकटन मह उत्पादन भइरहेको बताइएको छ ।

मौरी जोन स्थापनाका लागि मौरीका बारेमा सम्भाव्यता अध्ययन टोलीले घोराही नगरपालिकाको विभिन्न स्थानमा अवलोकन गर्दा घोराहीमा १० देखि ३०० घारसम्म मौरी पालन गरिएको र अधिकांश वडामा मौरीपालनको काम भइरहेको पाइएको अध्ययन टोलीका संयोजक तिलक ओलीले जानकारी दिनुभयो । घोराहीमा मात्रै हालसम्म तीन वटा मह प्रशोधन केन्द्र सञ्चालनमा छन् । यस क्षेत्रमा प्रशस्त मौरी चरनको क्षेत्र भएको हुँदा करीब १५४ किसानले व्यावसायिक रुपमा मौरीपालन गरिरहेका छन् ।तुलसीपुरमा पनि न्यूनतम पाँचदेखि ३०० सम्म मौरीको घार रहेको र त्यसमा ९५ किसानले व्यावसायिक रुपमा मौरीपालनको काम गरिरहेका छन् । बङ्गलाचुलीमा पनि करीब ७० किसानले व्यावसायिक रुपमा मौरी पाल्दै आएका छन् ।

पहिलो चरणमा दाङको घोराही, तुलसीपुर र बङ्गलाचुलीमा मौरी जोन क्षेत्र शुरु गरिएको हो । मौरीको चरनका लागि चिउरी, तोरी, रुदिलो, साज, सिसौ तथा खयरका बोटहरु पनि प्रशस्त पाइएको अध्ययन टोलीले बताएको छ । तीे महको मूल्य प्रतिकिलो रू ३०० देखि ४५० सम्म छ ।