७ आश्विन २०८१, सोमबार
,
Latest
अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाएः अध्यक्ष दाहाल भाषा, साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीयः राष्ट्रपति पौडेल बेलायतमा च्यानल पार गरेर आउने आप्रवासीको सङ्ख्या २५ हजार नाघ्यो गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने साफ च्याम्पियनसिप फुटबल: नेपालद्वारा श्रीलंका पराजित चिनियाँ प्रविधियुक्त कारमा अमेरिकी प्रतिबन्धको बेइजिङद्वारा आलोचना संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड काठमाण्डौ स्पाइकर्सको ट्यालेन्ट हन्ट इभेन्ट सम्पन्न, विजेता घोषित प्रभु बैंक लि. भिजा ईन्टरनेशनलद्धारा आयोजित भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ अन्तर्गत् दुई बिधामा सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सयौ किसान मौरी जोनमा, कसरी पर्न सकिन्छ मौरी जोनमा ?



अ+ अ-

दाङ । दाङमा चालू आर्थिक वर्षदेखि शुरु भएको मौरी जोन कार्यक्रममा १४१ किसान आबद्ध भएका छन् । तीमध्ये चार सहकारी र एउटा सामूहिक छ भने अरू १३६ व्यक्तिगत मौरी फार्म छन् । मौरी जोन परियोजना कार्यान्वयन एकाइका कृषि अधिकृत कलाबुढा मगरका अनुसार मौरी जोनमा हालसम्म घोराही र तुलसीपुरका दुई– दुई सहकारी र एउटा सामूहिकसहित १३६ वटा मौरी फार्महरु सूचीकृत भएर प्रत्यक्ष मह उत्पादनको काम गर्दै आएका छन् ।

“पहिलो चरणमा किसानको मागका आधारमा मौरी जोन क्षेत्रहरुमा ‘कस्टम हाइरिङ’ र ‘पोस्ट हाइरिङ’ सेन्टर स्थापना गर्ने कार्यक्रम छ”, उहाँले भन्नुभयो, “कृषिकहरुलाई तालीम, अवलोकन भ्रमण गराउने एवम् मह उत्पादन, प्रशोधन र बजारीकरण तालीम पनि सञ्चालन गरिने छ ।”जिल्ला मौरी जोन कार्यक्षेत्र सिफारिस कार्यदलको प्रतिवेदनअनुसार तुलसीपुर, घोराही, शान्तिनगर, दङ्गिशरण, बबई र बङ्गलाचुलीलगायत पालिकाहरुमा अहिले व्यावसायिक मौरीपालनको काम भइरहेको र त्यसमा पनि मेलिफेरा र सेरेना जातको मौरी बढी पालिएका छन् । अहिले जिल्लामा सेरेना जातको दुई हजार ५४० र मेलिफेरा जातको १७ हजार ८०२ गरी २० हजार ३४२ मौरीको घार रहेको र त्यसबाट १०७ मेट्रिकटन सेरेना जातको र ६७५ मेट्रिकटन मेलिफेरा जातको गरी ७९२ मेट्रिकटन मह उत्पादन भइरहेको बताइएको छ ।

मौरी जोन स्थापनाका लागि मौरीका बारेमा सम्भाव्यता अध्ययन टोलीले घोराही नगरपालिकाको विभिन्न स्थानमा अवलोकन गर्दा घोराहीमा १० देखि ३०० घारसम्म मौरी पालन गरिएको र अधिकांश वडामा मौरीपालनको काम भइरहेको पाइएको अध्ययन टोलीका संयोजक तिलक ओलीले जानकारी दिनुभयो । घोराहीमा मात्रै हालसम्म तीन वटा मह प्रशोधन केन्द्र सञ्चालनमा छन् । यस क्षेत्रमा प्रशस्त मौरी चरनको क्षेत्र भएको हुँदा करीब १५४ किसानले व्यावसायिक रुपमा मौरीपालन गरिरहेका छन् ।तुलसीपुरमा पनि न्यूनतम पाँचदेखि ३०० सम्म मौरीको घार रहेको र त्यसमा ९५ किसानले व्यावसायिक रुपमा मौरीपालनको काम गरिरहेका छन् । बङ्गलाचुलीमा पनि करीब ७० किसानले व्यावसायिक रुपमा मौरी पाल्दै आएका छन् ।

पहिलो चरणमा दाङको घोराही, तुलसीपुर र बङ्गलाचुलीमा मौरी जोन क्षेत्र शुरु गरिएको हो । मौरीको चरनका लागि चिउरी, तोरी, रुदिलो, साज, सिसौ तथा खयरका बोटहरु पनि प्रशस्त पाइएको अध्ययन टोलीले बताएको छ । तीे महको मूल्य प्रतिकिलो रू ३०० देखि ४५० सम्म छ ।