२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ

नारायणी मेमोरियल फाउन्डेसनद्वारा तेह्रथुमका विद्यार्थीलाई छात्रवृत्ति वितरण

नारायणी मेमोरियल फाउन्डेसनद्वारा तेह्रथुमका विद्यार्थीलाई छात्रवृत्ति वितरण
अ अ+ अ-

काठमाडौं: नारायणी मेमोरियल फाउन्डेसनले तेह्रथुम जिल्लाका १० वटा विद्यालयका २५ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।

यो छात्रवृत्ति शैक्षिक सत्र २०८३ को लागि वितरण गरिएको हो । तेह्रथुमको आठराई गाउँपालिका वडा नम्बर ५ छातेढुङ्गाको सभाकक्षमा आयोजित समारोहमा उक्त छात्रवृत्ति वितरण गरिएको हो ।

पूर्वज एवं प्रियजनको स्मृति र सम्मानमा मौनधारण गरि सुरु भएको कार्यक्रममा फाउन्डेसनको स्वागत गीतबाट सहभागीहरुलाई स्वागत गरिएको थियो।

फाउन्डेसनका सचिव प्रदीप पाठकले संस्थाको उद्देश्य, गतिविधि र भावी कार्यक्रमबारे प्रकाश पार्दै संस्थाले झापा, मोरङ, तेह्रथुम र ताप्लेजुङ जिल्लाका १०० भन्दा बढी विद्यार्थी छात्रावृत्तिबाट लाभान्वित भएको जानकारी गराउनुभएको थियो ।

फाउन्डेसनका अध्यक्ष वरिष्ठ अधिवक्ता नरेन्द्र प्रसाद पाठकको अध्यक्षतामा सञ्चालित कार्यक्रममा प्रदेश सभाका पूर्व सांसद तेजमान कन्दङवा, आठराई गाउँपालिकाका ५ नम्बर वडा अध्यक्ष विष्णु प्रसाद ओली, ४ नम्बर वडा अध्यक्ष खगेन्द्र गुरुङ र प्रधानाध्यापहरुको तर्फबाट शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम प्रकाश लामिछानेले फाउन्डेसनको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

उहाँहरुले फाउन्डेसनले तेह्रथुम जिल्लाका २५ जेहन्दार, गरीब, असक्त, अनाथ छात्रछात्राले शिक्षा आर्जन गर्ने अवसर दिएकोमा संस्थाको उन्नति प्रगतिको कामना गर्नुभयो ।

छात्रवृत्ति रकमसहित झोला, स्टेसनरी समेत वितरण गरिएको कार्यक्रमको सञ्चालन नारायणी मेमोरियल फाउन्डेसन छात्रवृत्ति समिति तेह्रथुमका सदस्य नवराज ओलीले गर्नुभएको थियो ।

May be an image of one or more people and people studying

May be an image of one or more people