६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

पुरातात्विक सम्पदा र प्राचीन स्मारकसम्बन्धी कानुनी सामञ्जस्यता गर्न निर्देशन

पुरातात्विक सम्पदा र प्राचीन स्मारकसम्बन्धी कानुनी सामञ्जस्यता गर्न निर्देशन
अ+ अ-

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले पुरातात्विक सम्पदा र प्राचीन स्मारकसम्बन्धी नीति, कानुन, मापदण्ड र नियमनलगायतका विषयमा कानुनी सामञ्जस्यता गरी निर्माण तथा संरक्षणका कार्य गर्न निर्देशन दिएको छ ।

कार्यालयले सार्वजनिक गरेको ६३औँ प्रतिवेदनमा यस्तो निर्देशन उल्लेख छ । प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा ३ (घ) मा प्राचीन स्मारक स्थल तथा पुरातात्विकस्थलको संरक्षण पुरातत्व विभागले गर्ने व्यवस्था गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २ को खण्ड (फ) को क्रम सङ्ख्या (२) र (३) मा पुरातत्व प्राचीन स्मारक तथा सङ्ग्रहालयको संरक्षण सम्भार, प्रवद्र्धन विकास र परम्परागत जात्रा तथा पर्वको सञ्चालन र व्यवस्थापन गर्ने कार्य पालिकाको काम, कर्तव्य र अधिकारअन्तर्गत राखेको छ ।

मठ मन्दिरलगायतका सम्पदा निर्माण र संरक्षणका लागि स्थानीय तह र विभाग दुवै निकायबाट खर्च भइरहेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ । यसो गर्दा योजना छनोट तथा कार्यान्वयनमा दोहोरोपना हुनसक्छ ।

विभागबाट दुर्गम स्थानमा रहेका सम्पदाको निर्माणको निरीक्षण तथा अनुगमन गर्दा भ्रमण खर्चको लागतसमेत बढ्न जानेतर्फ महालेखापरीक्षकको कार्यालयले ध्यानाकर्षण गराएको छ ।