९ भाद्र २०८३, मंगलवार
,
Latest
१७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित सूचना प्रविधि क्षेत्र लगानी बढाउनुहोस्, सरकार साथमा छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले युवाको उत्साह, अनुभव र विधिको शासन विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल पिकलबल विश्वकप: नेपाली टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिजिट भिसाको नाममा भइरहेको विकृति र विसंगति अन्त्य गर्न सफल भएको अध्यागमन विभागको दाबी



अ+ अ-

काठमाडाैँ । अध्यागमन विभागले भिजिट भिसासम्बन्धी सबै प्रकारका विकृति र विसंगति नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको दाबी गरेको छ ।

बिहीवार ‘डिजिटल टाइम कार्ड’ शुभारम्भ कार्यक्रममा बोल्दै विभागका महानिर्देशक रामचन्द्र तिवारीले यस्तो दाबी गर्नुभएको हो । उहाँले भिजिट भिसाको नाममा देखिएका अनियमितता, मानव तस्करीसँग जोडिएका गतिविधि तथा अध्यागमन प्रक्रियामा हुने विभेद अन्त्य गर्न विभाग सक्रिय रूपमा लागेको उल्लेख गर्नुभयो ।

उहाँले अध्यागमनसँग सम्बन्धीत समस्याहरु अध्यागमको कार्यशैली र कानून कार्यान्वयनको कमजोरीको कारण उत्पन्न हुने गरेको भन्दै त्यसतर्फ अध्यागमन सचेत भएर लागेको समेत बताउनु भयो । उहाँले विभागले विदेशी नागरिकको गतिविधिमाथि समेत प्रभावकारी निगरानी गर्न थालेको बताउनुभयो ।

महानिर्देशक तिवारीले विगतमा नेपाली नागरिक विदेश जान खोज्दा उनीहरूको उद्देश्य र गतिविधिमाथि कडाइका साथ निगरानी गरिए पनि नेपाल आएका विदेशी नागरिकको गतिविधिप्रति पर्याप्त चासो नदिइएको भन्दै त्यसमा सुधार भइरहेको बताउनुभयो ।

उहाँले आवश्यक सबै कागजात हुँदाहुँदै पनि भिजिट भिसामा विदेश जानबाट रोकिएका नेपाली नागरिकलाई विभागमा उजुरी गर्न आग्रह गर्नुभयो । कसैले अनुचित रूपमा फर्काएको प्रमाणित भए सम्बन्धित व्यक्तिलाई कारबाही गरी पीडककै पैसाबाट गन्तव्य मुलुकमा पठाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले विभागलाई पछिल्लो आठ–दश महिनादेखि रिफर्मको मिसनकै रुपमा लिइरहेका छौँ । पछिल्लो समय भिजिट भिसादेखि अन्य विकृतिहरुको हल गर्नको लागि पनि महत्वपूर्ण भूमिका खेलेर निर्मूल पार्न सफल भएका छौँ । आजको सभ्य समाजमा मान्छेको हैसियतका आधारमा गरिने व्यवहार सुधार गर्न हामीले सुधार गरेका थियौँ । अनि नेपाली नागरिक विदेशमा गएर के गर्छन् भन्ने कुरा प्राथमकिता राख्ने तर विदेशी नागरिक नेपालमा आएर के गर्छन् भन्ने कुरालाई वास्ता नगर्ने कुराको अन्त्य गर्नको लागि हामीले सिस्टम बनाएर कार्यान्वयन गरिरहेका छौँ । हामीले यो अभियानमा देशभरिका सेवा प्रदायकहरुलाई जोड्ने काम गरिरहेका छौँ ।  यदि सबै कागजात पुगेको नेपाली नागरिक भिजिट भिसामा जान खोजिरहेको छ भने उजरी गर्नको लागि आज पनि आह्वान गर्दछु । जसले फर्काएको हो उसैको पैसामा टिकट काटेर फर्काउँछौँ भनेका छौँ ।’

अध्यागमन सेवामा पारदर्शिता, कर्मचारी अनुशासन, डिजिटल निगरानी तथा नागरिकमैत्री सेवा प्रवाह विभागको प्राथमिकतामा रहेको समेत बताउनु भयो ।