९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा ‘ककरोच जनता पार्टी’को एक्स खाता बन्द



अ+ अ-
काठमाडौँ । भारतमा सामाजिक सञ्जालमा तीव्र रूपमा लोकप्रिय हुँदै गएको व्यङ्ग्यात्मक राजनीतिक समूह ‘ककरोच जनता पार्टी’को एक्स अकाउन्ट भारतभित्र ‘विथहेल्ड’ गरिएको छ। यो कदम पार्टीले इन्स्टाग्राममा भारतीय जनता पार्टी (भाजपा)लाई फलोअर्स संख्यामा उछिनेर १० मिलियनको आँकडा पार गरेलगत्तै आएको हो।

स्रोतका अनुसार केही घण्टाअघि मात्र ककरोच जनता पार्टीको इन्स्टाग्राम फलोअर्स संख्या १० मिलियन नाघेको थियो भने भाजपाको आधिकारिक अकाउन्टमा करिब ८.७ मिलियन फलोअर्स रहेका छन्। यही समयमै एक्स अकाउन्ट भारतमा पहुँचयोग्य नभएको देखिएपछि विषयले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ।

पार्टीका संस्थापक अभिषेक दीपकेले अकाउन्ट ‘विथहेल्ड’ भएको दाबी गर्दै स्क्रिनसट सार्वजनिक गरेका छन्। उनले प्रतिक्रिया दिँदै लेखेका छन्, “अपेक्षा गरेअनुसार नै ककरोच जनता पार्टीको अकाउन्ट भारतमा विथहेल्ड गरिएको छ।”

व्यङ्ग्यात्मक शैलीमा सुरु भएको यो डिजिटल अभियान पछिल्ला दिनमा विशेषगरी युवापुस्तामाझ तीव्र रूपमा फैलिँदै आएको छ। बेरोजगारी, परीक्षा प्रणालीप्रतिको असन्तुष्टि, प्रश्नपत्र चुहावट र राजनीतिक जवाफदेहिताजस्ता मुद्दालाई केन्द्रमा राख्दै बनेको यो समूह अहिले सामाजिक सञ्जालमा एक प्रकारको ‘मीम-आधारित राजनीतिक आन्दोलन’का रूपमा स्थापित हुँदै गएको देखिन्छ।

अकाउन्टमाथिको प्रतिबन्धपछि यस घटनाले अभिव्यक्ति स्वतन्त्रता, डिजिटल राजनीतिक सक्रियता र सामाजिक सञ्जालमा बढ्दो व्यङ्ग्यात्मक आन्दोलनबारे नयाँ बहस सुरु गरेको छ।