१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री र मन्त्रीहरूको अनुपस्थितिप्रति हर्कराज राईको आपत्ति



अ+ अ-

काठमाडाैँ । प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राईले सरकार संसदप्रति जवाफदेही नभएको आरोप लगाउँदै कडा आपत्ति जनाएका छन्।

एक विज्ञप्ति जारी गर्दै उनले प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीलगायतका जिम्मेवार मन्त्रीहरू लामो समयसम्म संसदमा उपस्थित नभएको र उठाइएका प्रश्नहरूको जवाफ नदिएको भन्दै संसदीय अभ्यास कमजोर हुँदै गएको टिप्पणी गरेका छन्। उनका अनुसार प्रतिनिधिसभा नियमावलीको प्रावधान विपरीत सरकारका प्रमुख तथा मन्त्रीहरूको अनुपस्थितिले संसदको प्रभावकारितामाथि प्रश्न उठेको छ।

विज्ञप्तिमा उनले पछिल्ला दिनमा आफूले वैशाख २८ र २९ मा राखेका प्रश्नहरूको समेत सरकारले कुनै उत्तर नदिएको उल्लेख गरेका छन्। उनले मन्त्रीहरूको सीमित उपस्थितिलाई समेत सतही भएको भन्दै आलोचना गरेका छन्।

सभामुखको भूमिकाप्रति पनि असन्तुष्टि व्यक्त गर्दै राईले प्रश्न सोध्न खोज्दा रोक लगाइएको घटनालाई आपत्तिजनक भनेका छन्। उनका अनुसार संसद जनताको प्रश्न सुन्ने, जवाफ दिने र नीति निर्माण गर्ने सर्वोच्च थलो भएकाले यसलाई कमजोर पार्नु लोकतान्त्रिक मूल्यविपरीत कार्य हो।

उनले लोकतन्त्रलाई सुदृढ बनाउन सरकारलाई संसदप्रति पूर्ण रूपमा जवाफदेही बनाउनुपर्ने आवश्यकता औंल्याउँदै आफ्नो पार्टी निरन्तर आवाज उठाइरहने बताएका छन्। विज्ञप्तिमा उनले वर्तमान संसदीय अभ्यासलाई “कालो धब्बा” को संज्ञा दिँदै सुधारको मागसमेत गरेका छन्।

श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन नसक्ने सभामुखको भूमिकाप्रति पनि आलोचना गर्दै संसदीय मर्यादा र प्रक्रियालाई बलियो बनाउन जोड दिएको छ।