२५ जेष्ठ २०८३, सोमबार
,
Latest
विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित लुम्बिनी प्रहरीद्वारा रु ४३ लाख मूल्य बढीका सामान बरामद सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले
तपाईं के खोज्दै हुनुहुन्छ ?

 सहकारी निर्वाचनमा दलगत प्यानलप्रति सहकारी विभागको आपत्ति, सुशासनमा असर पर्ने चेतावनी



अ+ अ-

काठमाडाैँ । सहकारी विभागले राष्ट्रिय सहकारी बैंक लगायतका सहकारी संघसंस्थाहरूको सञ्जालक समितिको निर्वाचनमा दलीय आधारमा प्यानल बनाएर प्रतिस्पर्धा गर्ने अभ्यासप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारहरूमा सहकारी निर्वाचनमा राजनीतिक दलहरूको आस्थाका आधारमा प्यानल खडा गरी प्रतिस्पर्धा भइरहेको उल्लेख भएपछि विभागले आपत्ति जनाएको हो। विभागका अनुसार सहकारीका आधारभूत मूल्य, मान्यता र सिद्धान्तविपरीत यस्ता गतिविधिले सहकारी ऐन, २०७४ को प्रस्तावना तथा कानूनी व्यवस्थामाथि प्रतिकूल असर पार्ने देखिएको छ।

विज्ञप्तिमा यस्ता अभ्यासका कारण सहकारीका सदस्यहरूबीच अस्वस्थ प्रतिस्पर्धा बढ्ने र सहकारी क्षेत्रमा सुशासन कायम गर्न चुनौती थपिने उल्लेख गरिएको छ। सहकारीको मूल मर्मअनुसार सञ्चालन हुनुपर्ने वातावरण निर्माण गर्न सबै सरोकारवालालाई सहयोग गर्न पनि विभागले अनुरोध गरेको छ।

विभागले सहकारी क्षेत्रमा सुशासन कायम गर्न यस्ता गतिविधिहरूलाई निरुत्साहित गर्नुपर्ने आवश्यकता औंल्याउँदै सहकारीको मूल उद्देश्यअनुसार नै संस्थाहरू सञ्चालन हुनुपर्नेमा जोड दिएको छ।

सहकारी प्रणालीलाई राजनीतिक प्रभावबाट टाढा राख्दै स्वच्छ, पारदर्शी र मूल्य–आधारित रूपमा अघि बढाउन आग्रह गरिएको छ




भर्खरै