८ असार २०८३, सोमबार
,
Latest
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने ठूला अस्पतालमा बर्न युनिट सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने फक्ताङलुङमा पहिरो जाँदा दुई घरमा क्षति काठमाडौं महानगरका ५३ शिक्षक–शिक्षिकाले लिए स्काउट मास्टर आधारभूत तालिम पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रास्वपाको बन्द सत्र स्थगित, प्रतिनिधि विवाद टुंग्याउन छलफल जारी जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण ट्रक महासंघसहित यातायात व्यवसायीको माग सम्बोधन, एलसी खोलिएका सवारी दर्ता हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब महिला इन्स्पेक्टरले बाघको दाह्रा समातिन्…..



अ+ अ-

काठमाडौं । त्यसो त बाघ भनेपछि सबैको सातो जानु स्वभाविक हो । त्यसमाथि बाघकै दाह्रा समात्ने भनेपछि त सर्वसाधारण मानिसको सातो उड्छ । तर महानगरीय प्रहरी प्रभाग कोटेश्वरकी प्रमुख, इन्स्पेक्टर सुभद्रा लामा वाईवाले बाघको दाह्रा नै समातेर सबैलाई छक्क पारिदिएकी छिन् । तर उनले जिउँदो बाघको दाह्रा समातेकी भने होइनन…..। चोरी तस्करी गर्ने नियतले तस्करले लिएर हिँडे्को अवस्थाको बाघको दाह्रा समातेकी हुन ।
बाघ मारेर या वेहोस बनाई चोरी तस्करी गर्ने नियतले बाघको ११ वटा दाँत लिएर ट्याक्सीमा यात्रा गरिरहेको अवस्थामा इन्स्पेक्टर वाईवा सहितको टोलीले आइतबार साँझ कोटेश्वरको मुनिभैरव मन्दीर नजिकबाट तस्कर सहित समातेको थियो ।

सुराकीको आधारमा दिनभरी राजधानीको विभिन्न ठाउँमा पिछा गर्दै मुनिभैरव मन्दीर नजिक आएपछि बाघको दाह्रासहित नुवाकोटका २५ वर्षे सुमन लामालाई इन्सपेक्टर वाईवासहितको विशेष टोलीले पक्रेको थियो । बाघको दाह्रा पक्रिएको कोटेश्वरको यो पहिलो घटना हो ।
आइतबार साँझ बाघको ११ वटा दाह्रा सहित पक्राउ परेका अभियुक्र लामालाई सोमबार नै आवश्यक अनुसन्धान र कारवाहीको लागि वरामद गरिएको बाघको दाह्रा सहित जिल्ला वन कार्यालय काठमाडौंमा बुझाइएको छ ।

गत भदौ ३० गतेदेखि महानगरीय प्रहरी प्रभाग कोटेश्वरको प्रमुख भएर आएपछि निकै सकृयतापुर्वक काम गर्दै आएकी इन्स्पेक्टर वाईवा आफ्नो कार्यक्षेत्रमा पर्ने होटल, रेष्टुरेन्ट, डान्सबार र भट्टीमा हुने अनैतिक यौन गतिविधि नियन्त्रणको साथै अन्य अपराध नियन्त्रणको लागि समुदायसंग मिलेर काम गर्दैआएको स्थानीय वासिन्दा बताउँछन ।