७ पुष २०८२, सोमबार
,
Latest
अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा ‘चियाको चुस्कीभन्दा चुनावी गफ मिठा’ सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री सबै मिलेर अगाडि बढे कसैले शान्ति बिथोल्न सक्दैन, समयमै निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली ‘मिरमिरे’को टाइटल सङमा दयाहाङ, प्रकाश र सिर्जनाबीचको त्रिकोणात्मक प्रेम पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’ निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुटवल–गोरुसिङ्गे सडक आयोजनाः नदीजन्य सामग्री अभावले काम प्रभावित बालेनले दिए मानव अधिकार आयोगमा बयान
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब महिला इन्स्पेक्टरले बाघको दाह्रा समातिन्…..



अ+ अ-

काठमाडौं । त्यसो त बाघ भनेपछि सबैको सातो जानु स्वभाविक हो । त्यसमाथि बाघकै दाह्रा समात्ने भनेपछि त सर्वसाधारण मानिसको सातो उड्छ । तर महानगरीय प्रहरी प्रभाग कोटेश्वरकी प्रमुख, इन्स्पेक्टर सुभद्रा लामा वाईवाले बाघको दाह्रा नै समातेर सबैलाई छक्क पारिदिएकी छिन् । तर उनले जिउँदो बाघको दाह्रा समातेकी भने होइनन…..। चोरी तस्करी गर्ने नियतले तस्करले लिएर हिँडे्को अवस्थाको बाघको दाह्रा समातेकी हुन ।
बाघ मारेर या वेहोस बनाई चोरी तस्करी गर्ने नियतले बाघको ११ वटा दाँत लिएर ट्याक्सीमा यात्रा गरिरहेको अवस्थामा इन्स्पेक्टर वाईवा सहितको टोलीले आइतबार साँझ कोटेश्वरको मुनिभैरव मन्दीर नजिकबाट तस्कर सहित समातेको थियो ।

सुराकीको आधारमा दिनभरी राजधानीको विभिन्न ठाउँमा पिछा गर्दै मुनिभैरव मन्दीर नजिक आएपछि बाघको दाह्रासहित नुवाकोटका २५ वर्षे सुमन लामालाई इन्सपेक्टर वाईवासहितको विशेष टोलीले पक्रेको थियो । बाघको दाह्रा पक्रिएको कोटेश्वरको यो पहिलो घटना हो ।
आइतबार साँझ बाघको ११ वटा दाह्रा सहित पक्राउ परेका अभियुक्र लामालाई सोमबार नै आवश्यक अनुसन्धान र कारवाहीको लागि वरामद गरिएको बाघको दाह्रा सहित जिल्ला वन कार्यालय काठमाडौंमा बुझाइएको छ ।

गत भदौ ३० गतेदेखि महानगरीय प्रहरी प्रभाग कोटेश्वरको प्रमुख भएर आएपछि निकै सकृयतापुर्वक काम गर्दै आएकी इन्स्पेक्टर वाईवा आफ्नो कार्यक्षेत्रमा पर्ने होटल, रेष्टुरेन्ट, डान्सबार र भट्टीमा हुने अनैतिक यौन गतिविधि नियन्त्रणको साथै अन्य अपराध नियन्त्रणको लागि समुदायसंग मिलेर काम गर्दैआएको स्थानीय वासिन्दा बताउँछन ।