३१ जेष्ठ २०८३, आईतवार
,
Latest
पर्सामा एक सय किलो गाँजा पक्राउ दुर्गा प्रसाईं राजासंस्था र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डाका ब्राण्ड हुन्, नयाँ पार्टी उहाँकै नेतृत्वमा अघि… प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

संरक्षणमा रेन्जरको भूमिका महत्वपूर्ण



अ+ अ-

चितवन । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वन, वन्यजन्तु र वातावरण संरक्षणमा रेन्जरहरुले खेलेको भूमिका महत्वपूर्ण भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय रेन्जर महासङ्घ (आईआरएफ) र वन तथा वातारण मन्त्रालयको संयृुक्त आयोजनामा आजदेखि सौराहामा शुरु भएको नवौं अन्तर्राष्ट्रिय रेन्जर सम्मेलनको उद्घाटन गर्नुहुँदै उहाँले विश्वमा रेन्जरहरुले संरक्षणमा खेलेको भूमिका अतुलनीय रहेको बताउनुभयो ।

सम्मेलनमा सहभागी रेन्जर, विज्ञ, व्यवस्थापक, अनुसन्धानकर्ता, नीति निर्माणकर्ताले एक–आपसमा अनुभव आदानप्रदान गरी उच्चतम प्रविधिको प्रयोग गरी काम गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो । मानव र वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण गर्दै काम गर्नुपर्ने चुनौती संरक्षणकर्मीमा रहेको भन्दै पूर्वप्रधानमन्त्री दाहालले समन्वयकारी भूमिका निर्वाह गरी काम गर्नुपर्ने औल्याउनुभयो । संरक्षण र विकास सँगसँगै अघि बढाउनु आफैमा चुनौतीपूर्ण रहेको भन्दै दाहालले विकासमा दबाब छ भन्नुभयो । वन र वन्यजन्तु संरक्षणमा नेपालले केही क्षेत्रमा विश्वमानै उदाहरणीय कार्य गर्न सफल भएको उहाँले बताउनुभयो ।