६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपति विकास कोष अगाडी स्थानीयको धर्ना



अ+ अ-

काठमाडाैँ । तिलगङ्गाका स्थानियले आफूहरुलाई सुकुम्बासी भनेर हटाएको भन्दै पशुपति विकास कोष अगाडी धर्ना दिएका छन् ।
तिलगंगा बी–१३ का स्थानीयहरुले बुधवार कोष अगाडी धर्ना दिएका हुन् । उनीहरुले सरकारले आफूहरुलाई जग्गा सट्टा गर्ने सम्झौता विपरित बस्तीमा डोजर चलाएको आरोप लगाएका छन् ।

प्रभावित स्थानीयहरूले २०७१ सालमा गुरुयोजना लागू गर्दा कोषसँग सट्टाभर्नासम्बन्धी सम्झौता गरेको बताएका छन् । उनीहरुले आफूहरूसंग लालपुर्जा भएको दाबी गरेका छन् । केही भने गुठीको जग्गा रहेको छ । गुठीबाट नै जात्रापुजा लगायतका गतिविधी गर्ने गरिएको उनीहरुको भनाई छ ।

कोषले  गुरुयोजना बनाउँदा स्थानीयलाई गोठाटार क्षेत्रमा चार आना जग्गा उपलब्ध गराउने सहमति गरेको थियो । तर उक्त गुरुयोजना कार्यन्वयन नगरि बस्तीमा डोजर चलाईएको स्थानियको आरोप छ । स्थानियका अनुसार पशुपति बजार र वनकाली क्षेत्रका बासिन्दालाई भने सट्टा जग्गा उपलब्ध गराएको छ । तर आफूहरूलाई भने सुकुम्बासीको सूचीमा राखेर बस्तीमा डोजर चलाएको स्थानियको गुनासो छ । स्थानियका अनुसार कोषसँग सरकारी मूल्याङ्कनमा आफ्नो जग्गा बेच्ने र कोषले उपलब्ध गराउने जग्गा सरकारी मूल्याङ्कनमै खरिद गर्नेगरि सम्झौता भएको थियो ।

धर्नामा स्थानियले डोजर चल्यो बस्तीमा घर छैन, पीडितको सुन दिने कोही छैन !, हामी पीडित हौँ, पीडक होइनौँ, हामी सुकुम्बासी होइनौँ, स्थानिय हौँ, हाम्रो वस्ती, न खोलाको मापदण्ड, न सडकको मापदण्ड, न जोमिख क्षेत्र फेरि किन डोजर आतंक ?, पशुपतिको बृहतीकरण र विकासको विमित्त चक्रपथमा जोडिएको आफ्नो स्थान छोडी ६ किलोमिटर पर स्थान्तरण हुन राजी हुनु के हाम्रो गल्ती हो ?, गुरुयोजना अनुरुपको स्थानान्तराण खै ?, गूरुयोजनालाई आधार मानेर अधिकरण गर्ने तर गुरुयोजनामै लेखिएको स्थानान्तरणलाई नमान्ने ?, डोजर चल्यो १९ मा जानकारी आयो २१ मा !, विश्व सम्पदा सुचीभित्र डोजर चलाउन आदेश दिनेलाई कारबाही खोई ? लेखिएका प्लेकार्ड राखेका छन् ।