१६ आश्विन २०८१, बुधबार
,
Latest
सिन्धुलीमा सडक पूर्वाधारसहित कृषिबालीमा ठूलो नोक्सानी टिकेन पुँजीबजारको उकालो यात्रा: नेप्से परिसूचक २६ अङ्कले घट्यो स्वास्थ्य मन्त्रालयको परिसरमै डेङ्गी फैलाउने लामखुट्टेको बासस्थान ! बाढीपहिरो र डुबानको असर परेन वीरगञ्जका दुवै भन्सार नाकामा सुनसरीको तरहरामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह न्यायपालिका पुरुषप्रधान छ: सञ्चारमन्त्री गुरुङ विपद्बाट ६ अर्ब रुपैयाँ बराबरको बालिनाली नोक्शानी भयो: मन्त्री अधिकारी निर्माण व्यवसायीहरुको २० अर्ब रुपैयाँ भुक्तानी भएको छ,बाँकी दशैँअघि कोशिस गर्छौं: अर्थमन्त्री पौडेल न्यायपरिषद्को विश्वसनीयता अभिवृद्धि गर्न विशेष जोड दिनेछु: प्रश्तावित प्रधानन्यायाधीश राउत आँबुखैरेनीमा उत्पादित सयपत्री बिक्रीका लागि तयार
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजस्व छलि गर्ने भारतीय नागरिकमाथी मुद्दा दायर



अ+ अ-

झुट्टा तथा नक्कली विजक प्रयोग गरी राजस्व छलि गरेको अभियोगमा हस्पी केयर इन्टरनेशनल र श्री श्याम ट्रेडर्सका विरुद्ध राजस्व अनुसन्धान विभागद्वारा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । भारत स्थायी ठेगाना भई हाल काठमाडौं, बाफल बस्दै आएका भारतीय नागरिक मुख्य व्यक्ति केशब बंशल समेतलाई रु ११ करोड १९ लाख ८४ हजार १ सय चौंसठ्ठी विगो कायम गरी विगोको दोब्बरसम्म जरिवाना र ३ वर्षसम्म कैद मागदावी लिई जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो ।

हस्पी केयर इन्टरनेशनल र र श्री श्याम ट्रेडर्स संस्थाले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मु.अ. कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूरमा संलग्नता रहेको पाईएको हो । केशव बंशलले राजस्व चुहावट गर्ने र आर्जन गरेको रकमबाट खरिद गरेको घर, जग्गा तथा सवारी साधनहरु नेपाली नागरिकहरुको नाममा दर्ता गरी भोगचलन गर्ने गरेको पनि पाईएको छ ।

हस्पी केयर इन्टरनेशनलको कारोवार गर्ने फरार मुख्य व्यक्ति केशव वंशल र फर्मका प्रोप्राईटर रामसुन्दर रायभर र श्री श्याम ट्रेडर्सका प्रोप्राईटर राकेश पाण्डेय समेतलाई राजस्व चुहावट असुल उपर गराई विगोको दोब्बर सम्म जरिवाना गरी ३ वर्षसम्म कैद सजाय हुने मागदावी लिई काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।

यसका साथै वंशलले सम्पत्ति शुद्धीकरण सम्वन्धी कसुर समेत गरेको देखिदा आवश्यक छानविन तथा अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा लेखी पनि पठाइएको छ । यसका साथै वंशलले सम्पत्ति शुद्धीकरण सम्वन्धी कसुर समेत गरेको देखिदा आवश्यक छानविन तथा अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा लेखी पनि पठाइएको छ ।