२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले संसदमा सबै मातृ भाषाहरु बुझ्नका लागि आवश्यक व्यवस्था मिलाउनुपर्छः मातृका यादव



अ+ अ-

काठमाडाैँ । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद मातृकाप्रसाद यादवले संसदमा सबै मातृ भाषाहरु बुझ्नेगरी आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सो माग गर्नुभएको हो । सांसद यादवले छोटी भन्सार हटाउने सरकारको निर्णय तत्काल फिर्ता हुनुपर्ने माग समेत गर्नुभयो । उहाँले सरकारका कामबाही जनताको हित विपरित हुने गरेको भन्दै आपत्ति जनाउनु भयो ।

सांसद यादवले भन्नुभयो,‘जुन भाषाको समानताको अधिकार छ । त्यसबारे यहाँ हाउसमा पनि सबै भाषालाई सबैले बुझने व्यवस्था गर्न सरकारलाई सभामुखमार्फत अनुरोध गर्न चाहन्छु ।  छोटी भन्सार हटाउने निर्णय सरकारले तत्काल सच्याउनु पर्छ । यो सरकारको नीतिहरु सुकुम्बासीदेखि लिएर यो जुन कामहरु छ । यसले यो सरकार होकि होइन ? भन्ने प्रश्न उठाएको छ । मिटरब्याज पीडितलाई न्याय सरकारले दिनुपर्छ ।’

सांसद यादवले सरकारले मिटरब्याज पीडितहरुलाई न्याय दिने कुरामा ध्यान दिनुपर्ने पनि बताउनु भयो ।