५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सातामा नेप्से परिसूचक २०.३ अंकले गिरावट



अ+ अ-

काठमाडौँ। पछिल्लो एक सातामा शेयर बजारमा मापक नेप्से परिसूचक २०.३ अंकले गिरावट आएको छ । 

अघिल्लो साता ११४.०४ अंकले गिरावट आएको नेप्से परिसूचक यो साता २०.३ अंकले गिरावट आएको छ । यो साता चार दिन मात्रै कारोबार भएको छ । चार दिनको कारोबारमा नेप्से परिसूचक दुई दिन गिरावट आएको छ भने दुई दिन नै वृद्धि भएको छ । पछिल्लो दुई साता निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचकमा यो साताको अन्तिम कारोबारको दिन बिहीवार ५० अंक भन्दा बढीले बढेको छ ।

साताको अन्तिम कारोबारको दिन बिहीवार ५२.३१ अंकले नेप्सेमा वृद्धि भएर २ हजार ५६६.९० विन्दुमा रोकिएको छ । यो साताको बिहीवारसम्मको  कारोबारमा २०.३ अंकले गिरावट आएर २ हजार  ५६६.९० विन्दुमा झरेको छ ।

साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचकमा ३.६६ अंक घटेर २ हजार ५४३.३९ विन्दुमा झरेको थियो । नेप्से घटे पनि सेन्सेटिभ इण्डेक्स १.३१ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४७ अंक अंक बढेको थियो भने फ्लोट इण्डेक्स ०.०४ अंक घटेको थियो । आइतबार कारोबारमा आएका २३० कम्पनीको ५१ लाख ३९ हजार कित्ता शेयर २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

त्यस्तै साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक सामान्य वृद्धि भएको थियो ।  नेप्से परिसूचक सोमबार १.५५ अंकले बढेर २ हजार ५४४.९३ बिन्दुमा पुगेको थियो । सोमबार कारोबारमा आएका २३० कम्पनीको ५३ लाख १५ हजार २९२ कित्ता सेयर २ अर्ब ६० करोड ९ लाख ३० हजार ४०२ रुपैयाँको सेयर किनबेच भएको थियो । मंगलवार भने अन्तर्राष्ट्रिय ११२ औँ महिला दिवस परेकाले शेयर कारोबार बन्द भएको थियो ।

नेप्से परिसूचक बुधबार ३०.२९ अंकले घटेर २ हजार ५१४.६५ विन्दुमा झरेको थियो । बुधबार कारोबारमा आएका २२९ कम्पनीको ४९ लाख ५९ हजार ९१९ कित्ता शेयर २ अर्ब ३५ करोड २३ लाख १७ हजार १४२ रुपैयाँ बराबरको कारोबार भएको थियो । त्यस्तै, साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक ५२.२१ अंकले बढेर २ हजार ५६६.७९ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.२४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.१६ अंकले बढेको छ । बिहीबार कारोबारमा २२६ कम्पनीको ५६ लाख १० हजार ६३१ कित्ता शेयर २ अर्ब ७९ करोड १८ लाख ७२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

पछिल्लो सातामा २०.३ अंकले गिरावट आएको शेयर बजारमा लगानीकर्ताले २ खर्ब ९ अर्ब ९३ करोड अधिक पुँजी गुमाएका छन्। गत साताको अन्तिम कारोबारसम्म ३६ खर्ब ७ अर्ब ६० करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण यो साताको विहीबारको कारोबारपछि ३६ खर्ब ३७ अर्ब ५३ करोड रुपैयाँमा सीमित भएको छ ।