२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलेको ‘न्याय’ जगाउने जिम्मा डा.मनोजको काँधमा



अ+ अ-

काठमाडौँ: सर्वोच्च अदालतका न्यायाधीश डा.मनोजकुमार शर्मा हिजो नेपालको प्रधानन्यायाधीशमा नियुक्त भएका छन् । उनी प्रधानन्यायाधीश नियुक्त भइरहँदा कम्तीमा दुई ओटा रेकर्ड नै ब्रेक गरेका छन् ।

पहिलो उनी यसरी एकैदिन संसदीय समितिबाट अनुमोदित, एकै दिन नियुक्ति र उही दिन सपथ लिएर हिजो नै पदबहाली गरेका छन् । त्यसो त एकै दिन संसदीय सुनुवाईका लागि परेका करिब डेढ दर्जन उजुरी पनि एकै दिन नै सफाया गरिएको थियो ।

वर्तमान संविधान जारी भएपछि प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया सम्भवत यसअघि यति चाँडै र यसरी नियुक्ति भएको थिएन । आजका मिडिया सबैमा यो खबर प्राथमिकतामा पनि छ ।

अनि अर्को रेकर्ड चाहिँ उनी चौथो नम्बरको सिफारिसका न्यायाधीश प्रधानन्यायाधीशमा नियुक्त भए । न्यायपरिषदको सिफारिसमा उनी चौथो नम्बरमा थिए तर संवैधानिक परिषदले उनलाई नै सिफारिस गर्यो । यसअघि पहिलो नम्बरकै वरिष्ठ न्यायाधीश नै सिफारिस हुने प्रचलन रही आएको थियो ।

तर, यसरी नियुक्त भएका प्रधानन्यायाधीशको काँधमा जिम्मेवारी पनि त्यस्तै गम्भीर र विशेष प्रकृतिको नै छ । त्यो जिम्मेवारी यसअघिका प्रधानन्यायाधीशमा थिएन । जस्तो यतिखेर मुलुकको विशेष परिस्थिति छ, युवा र जेनजी समूहको बाहुल्यताको सरकार छ ।

यो सरकारको पृष्ठभूमि चाहिँ जेनजी आन्दोलन हो । गत भदौको जेनजी आन्दोलनमा भएको आगजनी र क्षतिको अवस्था त सबैलाई ज्ञात नै छ । त्यो पृष्ठभूमिले न्यायालय पनि घायल भएको थियो । यतिसम्म कि मुलुकको प्रमुख र उच्च न्यायालय सर्वोच्च अदालत नै जलेको थियो ।

सर्वोच्चको भवन मात्र जलेन, मुलुकको न्याय क्षेत्रको मन मस्तिष्क नै नराम्ररी जलेको थियो । अदालत जलाउन गएकाहरुको भिडियो अझै पनि पाइन्छ, उनीहरुले न्याय प्रशासनलाई जनताको दुस्मन देखेका थिए ।

त्यसैले त्यो जलेको न्यायालय मात्र नभएर न्याय हो भन्दा फरक पर्दैन । यही नै नवनियुक्त प्रधानन्यायाधीशको सबैभन्दा ठूलो चुनौती र जिम्मेवारी हो । यो जिम्मेबारी अब डा मनोज शर्माको काँधमा आएको छ ।

हिजो उनी बडो रफ्तारमा प्रधानन्यायाधीश नियुक्त र बहाल भइरहँदा यता मुलुकको बारले दिउँसै लालटिन बालेको थियो । त्यो लालटिन पनि कुनै न कुनै रुपमा उनकै नियुक्तिसँग पनि जोडिएको छ ।

त्यसैले यी चुनौतीहरुलाई अब आउने दिनमा चिरेर प्रधानन्यायाधीशले मुलुकमा न्याय जगाउने काममा लाग्नुपर्ने पहिलो दायित्व देखिएको छ ।

फोटो- रासस