१६ आश्विन २०८१, बुधबार
,
Latest
सिन्धुलीमा सडक पूर्वाधारसहित कृषिबालीमा ठूलो नोक्सानी टिकेन पुँजीबजारको उकालो यात्रा: नेप्से परिसूचक २६ अङ्कले घट्यो स्वास्थ्य मन्त्रालयको परिसरमै डेङ्गी फैलाउने लामखुट्टेको बासस्थान ! बाढीपहिरो र डुबानको असर परेन वीरगञ्जका दुवै भन्सार नाकामा सुनसरीको तरहरामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह न्यायपालिका पुरुषप्रधान छ: सञ्चारमन्त्री गुरुङ विपद्बाट ६ अर्ब रुपैयाँ बराबरको बालिनाली नोक्शानी भयो: मन्त्री अधिकारी निर्माण व्यवसायीहरुको २० अर्ब रुपैयाँ भुक्तानी भएको छ,बाँकी दशैँअघि कोशिस गर्छौं: अर्थमन्त्री पौडेल न्यायपरिषद्को विश्वसनीयता अभिवृद्धि गर्न विशेष जोड दिनेछु: प्रश्तावित प्रधानन्यायाधीश राउत आँबुखैरेनीमा उत्पादित सयपत्री बिक्रीका लागि तयार
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोरीको घटनामा संलग्न रहेको आरोपमा चार पक्राउ



अ+ अ-

गोरखा। गोरखा सदरमुकाम र आससापका क्षेत्रमा लगातार भइरहेको चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। चाडपर्वका मौकछोपी गरगहना, टिभी, मोबाइल लगायत चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय गोरखाले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका ८ का २३ वर्षीय बाघे भनिने सुमन बराम, गोरखा नगरपालिका ५ का २१ वर्षीय राजकुमार नेपाली, २० वर्षीय राजकुमार मग्राती, गोरखा नगरपालिका १ ताप्लेका भुवन नेपाली रहेको गोरखाका प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए । उनका अनुसार बाघे भनिने बरामलाई प्रहरीले पिछा गरी जिल्लाको भीमसेन थापा गाउँपालिकाको ध्याम्पेसालबाट पक्राउ गरिएको होे ।

त्यस्तै अन्य दुई अभियुक्त नेपाली र मग्रातीलाई गोरखा सदरमुकामको बसपार्क क्षेत्रबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । अर्का अभियुक्त भुवन नेपालीलाई गोरखा नगरपालिका ८ आहालेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुले कात्तिक २० गते गोरखा नगरपालिका ६ स्थित धु्रवकुमार भट्टको घरबाट सुनका गरगहना चोरी गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै अर्का अभिभयक्त नेपालीले गोरखा नगरपालिका ६ स्थित हिमालय केवल नेटवर्क प्रालिमा चोरी गरेको खुल्न आएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । पक्राउ परेको अभियुक्तहरुको साथबाट औठी, रानीहार, तिलहरी, सिरबन्दी, चन्द्रमा एक/एक थान बरामद गरेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

त्यस्तै सुनको झुम्का भने स्वरुप परिवर्तन गरिसकेको अवस्थामा बरामद भएको उनले बताए । पक्राउ परेको अभियुक्तहरुको साथबाट चाँदीको धातुजस्तो देखिने ब्रासलेट र सिक्रीसमेत एक/एक थान बरामद गरेको उनले जानकारी दिए ।