२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोरीको घटनामा संलग्न रहेको आरोपमा चार पक्राउ



अ+ अ-

गोरखा। गोरखा सदरमुकाम र आससापका क्षेत्रमा लगातार भइरहेको चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। चाडपर्वका मौकछोपी गरगहना, टिभी, मोबाइल लगायत चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय गोरखाले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका ८ का २३ वर्षीय बाघे भनिने सुमन बराम, गोरखा नगरपालिका ५ का २१ वर्षीय राजकुमार नेपाली, २० वर्षीय राजकुमार मग्राती, गोरखा नगरपालिका १ ताप्लेका भुवन नेपाली रहेको गोरखाका प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए । उनका अनुसार बाघे भनिने बरामलाई प्रहरीले पिछा गरी जिल्लाको भीमसेन थापा गाउँपालिकाको ध्याम्पेसालबाट पक्राउ गरिएको होे ।

त्यस्तै अन्य दुई अभियुक्त नेपाली र मग्रातीलाई गोरखा सदरमुकामको बसपार्क क्षेत्रबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । अर्का अभियुक्त भुवन नेपालीलाई गोरखा नगरपालिका ८ आहालेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुले कात्तिक २० गते गोरखा नगरपालिका ६ स्थित धु्रवकुमार भट्टको घरबाट सुनका गरगहना चोरी गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै अर्का अभिभयक्त नेपालीले गोरखा नगरपालिका ६ स्थित हिमालय केवल नेटवर्क प्रालिमा चोरी गरेको खुल्न आएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । पक्राउ परेको अभियुक्तहरुको साथबाट औठी, रानीहार, तिलहरी, सिरबन्दी, चन्द्रमा एक/एक थान बरामद गरेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

त्यस्तै सुनको झुम्का भने स्वरुप परिवर्तन गरिसकेको अवस्थामा बरामद भएको उनले बताए । पक्राउ परेको अभियुक्तहरुको साथबाट चाँदीको धातुजस्तो देखिने ब्रासलेट र सिक्रीसमेत एक/एक थान बरामद गरेको उनले जानकारी दिए ।