३१ जेष्ठ २०८३, आईतवार
,
Latest
दुर्गा प्रसाईं राजासंस्था र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डाका ब्राण्ड हुन्, नयाँ पार्टी उहाँकै नेतृत्वमा अघि… प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिपक्षको समेत साथ पाएको सरकारलाई सीमासम्बन्धी सबै समस्या समाधान गर्न उत्तम समय: नेता पौडेल



अ+ अ-

निजगढ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थिर सरकार भएको बेलामा प्रतिपक्षको समेत साथ पाएको वर्तमान सरकारलाई सीमासम्बन्धी सबै समस्या समाधान गर्न सबैभन्दा उत्तम समय भएको बताएका छन् । बाराको निजगढमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सीमा समस्या विगतदेखि कै भएपनि वर्तमानमा जस्तो स्थिर सरकार र सबै राजनीति शक्तिको साथ कहिल्यै नपाएको पौडेलले बताए ।

पौडेलले सीमाको समस्या धेरै पहिले देखि भएको तर यो पटक आफुहरु चुक्न नहुने बताए । उनले भने हामीले प्रधानमन्त्रीलाई भनेका छौँ, तपाईंले कुटनीतिक पहल गरेर समाधान गर्नु जरुरी छ । दक्षिणतिर मात्र होइन नेपालको उत्तरी भागमा पनि सीमा विवाद छन् । आफ्नो देशको सीमा सुरक्षाका लागि हामी एक छौ । प्रधानमन्त्रीको गफ मात्रै हो कि काम पनि हो ।

हामीले हेर्ने बेला आएको छ ।’ फरक प्रसङ्गमा वरिष्ठ नेता पौडेलले काँग्रेसलाई अब नयाँ शिराबाट अगाडि बढाउन जरुरी रहेको बताउँदै त्यसका लागि छिट्टै महाधिवेशन कार्यतालिका तय बनाएर अगाडि बढ्नुको विकल्प नभएको स्पष्ट पारे । पौडेलले भने, ‘कार्यकर्ताको न्याय निष्पक्ष र पारदर्शी मुल्याङ्कन आवश्यक छ ।

दुई महिनामा गर्र्नुपर्ने काम अब महाधिवेशनको तयारी थाल्नुपर्ने बेलामा गरेर काम छैन ।’ पौडेलले निजगढ विमानस्थल र फाष्टट्रयाकलाई सरकारले गति दिन नसकेको भन्दै आपत्ती समेत जनाएका थिए । विमानस्थल बनाउने क्रममा आवश्यक रुख मात्र कटान गर्नुपर्ने पनि उनले बताए ।