७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिपक्षको समेत साथ पाएको सरकारलाई सीमासम्बन्धी सबै समस्या समाधान गर्न उत्तम समय: नेता पौडेल



अ+ अ-

निजगढ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थिर सरकार भएको बेलामा प्रतिपक्षको समेत साथ पाएको वर्तमान सरकारलाई सीमासम्बन्धी सबै समस्या समाधान गर्न सबैभन्दा उत्तम समय भएको बताएका छन् । बाराको निजगढमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सीमा समस्या विगतदेखि कै भएपनि वर्तमानमा जस्तो स्थिर सरकार र सबै राजनीति शक्तिको साथ कहिल्यै नपाएको पौडेलले बताए ।

पौडेलले सीमाको समस्या धेरै पहिले देखि भएको तर यो पटक आफुहरु चुक्न नहुने बताए । उनले भने हामीले प्रधानमन्त्रीलाई भनेका छौँ, तपाईंले कुटनीतिक पहल गरेर समाधान गर्नु जरुरी छ । दक्षिणतिर मात्र होइन नेपालको उत्तरी भागमा पनि सीमा विवाद छन् । आफ्नो देशको सीमा सुरक्षाका लागि हामी एक छौ । प्रधानमन्त्रीको गफ मात्रै हो कि काम पनि हो ।

हामीले हेर्ने बेला आएको छ ।’ फरक प्रसङ्गमा वरिष्ठ नेता पौडेलले काँग्रेसलाई अब नयाँ शिराबाट अगाडि बढाउन जरुरी रहेको बताउँदै त्यसका लागि छिट्टै महाधिवेशन कार्यतालिका तय बनाएर अगाडि बढ्नुको विकल्प नभएको स्पष्ट पारे । पौडेलले भने, ‘कार्यकर्ताको न्याय निष्पक्ष र पारदर्शी मुल्याङ्कन आवश्यक छ ।

दुई महिनामा गर्र्नुपर्ने काम अब महाधिवेशनको तयारी थाल्नुपर्ने बेलामा गरेर काम छैन ।’ पौडेलले निजगढ विमानस्थल र फाष्टट्रयाकलाई सरकारले गति दिन नसकेको भन्दै आपत्ती समेत जनाएका थिए । विमानस्थल बनाउने क्रममा आवश्यक रुख मात्र कटान गर्नुपर्ने पनि उनले बताए ।