३१ श्रावण २०८३, आईतवार
,
Latest
देउवाले भनेः ‘म हिन्दू हुँ, हिन्दू धर्म मान्न पाउने अधिकार हुनुपर्छ’ विदेशी उपाधिको समकक्षता निर्धारण गर्न विश्वविद्यालय अनुदान आयोगले थाल्यो प्रक्रिया विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ सडक जोगाउन ‘एक्सल लोड’मा कडाइ, ओभरलोड ट्रकलाई पाँच लाखसम्म जरिवाना नागको चित्र, गाईको गोबर र दुबोको सुवासमा गुञ्जिएको सनातन आस्था र अष्टनागको महिमा (तस्बिरहरु) मुलुक रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक आन्दोलन आवश्यक : परराष्ट्रमन्त्री खनाल भारतीय स्थल सेनाध्यक्ष सेठ ४ दिने नेपाल भ्रमणमा आउँदै जाजरकोट पहिरोः मृत्यु हुनेकाे सङ्ख्या ४ पुग्याे मुस्ताङ प्रदेश अस्पतालको एम्बुलेन्स आफैँ बिरामी भदौमा अधिकांश वाणिज्य बैंकको निक्षेप ब्याजदर स्थिर, पाँच बैंकले घटाए
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रहरीद्वारा नागरिक केन्द्रित र प्रविधिमैत्री ३ वर्षे रणनीतिक योजना सार्वजनिक



अ+ अ-

काठमाडौँ ।  नेपाल प्रहरीले आफ्नो सेवालाई नागरिक केन्द्रित, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित ३ वर्षे रणनीतिक योजना (२०८३–२०८५) सार्वजनिक गरेको छ। मंगलबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उक्त रणनीतिक योजना सार्वजनिक गरिएको हो।

योजनामा संगठनको प्रविधिमैत्री रूपान्तरण, कृत्रिम बौद्धिकता (एआई)को प्रयोग, अपराध रोकथाम तथा नियन्त्रण, अनुसन्धानको आधुनिकीकरण र समुदायसँगको साझेदारीलाई मुख्य प्राथमिकतामा राखिएको छ।

प्रहरी सेवामा नवप्रवर्तन, इमानदारिता र तत्परतामार्फत रूपान्तरण गर्ने लक्ष्य लिइएको उक्त योजनामा अपराध अनुसन्धानलाई सूचनामा आधारित बनाउने तथा प्रहरी सेवाको डिजिटलीकरणलाई तीव्रता दिने उल्लेख छ।

त्यसैगरी प्रहरी सेवामा पारदर्शिता, जवाफदेहिता र परिणाममुखी कार्यशैली विकास गर्न सात वटा रणनीतिक क्षेत्र निर्धारण गरिएको छ। योजनाले नीतिगत तथा कानुनी सुधार, समुदाय–प्रहरी सहकार्यको संस्थागत विकास, अपराध रोकथाम तथा नियन्त्रण प्रणालीलाई पूर्वानुमानमा आधारित बनाउने, प्रहरी प्रशासन तथा सेवा प्रवाहको कार्यदक्षता सुधार गर्ने र वैज्ञानिक मूल्यांकन प्रणाली विकास गर्ने लक्ष्य लिएको छ।

रणनीतिक योजना सार्वजनिक कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले यो योजना केवल कागजी दस्तावेज नभई संगठनलाई समयानुकूल रूपान्तरण गर्ने साझा कार्ययोजना भएको बताउनुभयो। उहाँले यसको सफल कार्यान्वयनका लागि संगठनका सबै तहका कर्मचारीको समान जिम्मेवारी रहने उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, “नेपाल प्रहरीको रणनीतिक योजना सामूहिकताको प्रतिफल हो। यसलाई नागरिक केन्द्रित बनाउन हामी सबै लाग्नुपर्छ। यो संगठनको समग्र कार्ययोजना भएकाले यसको सफलता सडकमा खटिने जवानदेखि आईजीसम्म सबैको योगदानमा निर्भर हुन्छ।”

आईजीपी कार्कीले नागरिक अपेक्षाअनुसार प्रहरी सेवामा सुधार गर्दै संगठनको पारदर्शिता र व्यावसायिकता अभिवृद्धि गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।