१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

फेवातालमा खुम्चिएको पर्यटन अब गाउँ-गाउँमा

फेवातालमा खुम्चिएको पर्यटन अब गाउँ-गाउँमा
अ अ+ अ-

कास्की । नेपाल भ्रमणमा आउने विदेशी पर्यटक मात्रै होइन, आन्तरिक पर्यटकको समेत रोजाइ हो पोखरा शहर । आफैँमा सुन्दर पोखरा शहरमा रहेको फेवातालले पर्यटकको मन खिच्ने गरेको छ । तालैतालको शहर भनेर चिनिने पोखरामा आउने पर्यटकमध्ये कमैले मात्रै पोखरा बाहिरका शहर तथा गाउँको भ्रमण गर्छन् ।

नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० र गण्डकी प्रदेश सरकारले घोषणा गरेको आन्तरिक भ्रमण वर्ष सन् २०१९ ले पोखरा आउने पर्यटकलाई गण्डकी प्रदेशका अरु पर्यटकीयस्थलमा पुर्याउने प्रयत्न गर्नेछ । “पोखराको फेवातालमा खुम्चिएको पर्यटन अब गाउँ–गाउँमा पुग्छ”, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले भन्नुभयोे, “गाउँमा अथाह सम्भावना छ, हामी पर्यटकलाई गाउँ ल्याएरै छोड्छौँ ।”

बागलुङको ताराखोलामा भुस पोल्ने मेलामा पुग्नुभएका मन्त्री लम्सालले अब नेपाल आउने पर्यटक पोखरामा मात्रै नभई गाउँ–गाउँमा पुर्याउनु पर्ने बताउनुभयो । “प्रकृति र संस्कृति हेर्न नेपालमा पर्यटक आउँछन्, यसमा हामी धनी छौँ”, लम्सालले भन्नुभयोे “हाम्रो संस्कृति गाउँमा छ, कृत्रिम शहरमा पर्यटक अल्झेका छन् ।”

कृत्रिम शहरमा अल्झेका पर्यटकलाई गाउँको प्रकृति र संस्कृतिसँग जोड्न गण्डकी प्रदेश सरकार र आफ्नो मन्त्रालयले भरपुर प्रयास गरिरहेको मन्त्री लम्सासले बताउनुभयो । “पर्यटन क्षेत्रलाई चाहिने ऊर्जा एउटा सर्त हो, अब गाउँमा ऊर्जाको अभाव हुँदैन, घरबासमा चाहिने बिजुली गाउँमै निकाल्छौँ, पानीको अभाव भएका ठाउँमा सौर्य ऊर्जा जोड्छौँ”, लम्साल भन्नुभयो, “अब हाम्रो आर्थिक समृद्धि गाउँबाटै हुन्छ ।”

ऐतिहासिक महत्व बोकेका संस्कृति र सम्पदाको संरक्षणमा गण्डकी सरकार सधैँ तत्पर रहेको मन्त्री लम्सालले जिकिर गर्नुभयो । “हाम्रा पाहुना राख्ने ठाउँ घरबास हो” लम्सालले भन्नुभयो, “‘उपयुक्त गाउँहरुमा घरबास सञ्चालन गरेर गण्डकीमा घरबासको सङ्ख्या तीन सय पुर्याउँछौँ ।” कृषि पर्यटन र संकृतिको प्रचारप्रसार नै गण्डकी प्रदेशको आर्थिक समृद्धिको आधार भएको मन्त्री लम्सालले बताउनुभयो ।

अर्गल खेलकूद विकास मञ्चले आयोजना गरेको कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले इतिहास र संस्कृति राज्यको सम्पत्ति भएको भन्दै संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा तनहुँको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह गुरुङ, गुल्मीको धुरकोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल र स्थानीय सूर्य थापालगायतले बोल्नुभएको थियो ।

गुल्मीको धुरकोट, बागलुङको ताराखोला र तनहुँको बन्दीपुर नगरपालिकाले मेतेरी सम्बन्ध कायम गरेका छन् । एक अर्काका बीचमा भाइचारा, अनुभव आदानप्रदान र पर्यटनमा सघाउनका लागि तीन पालिकाका बीचमा मितेरी सम्बन्ध कायम गरिएको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । तीन तिरका तीन पालिकाको मितेरी सम्बन्धले गाउँमा पर्यटक भित्र्याउन सहयोग गर्ने अध्यक्ष घर्तीको विश्वास छ । ताराखोला गाउँपालिकाको अर्गलमा भुस पोल्ने पर्व विशेष पर्वका रूपमा मनाइन्छ । भुस पोल्ने पर्वका अवसरमा ताराखोला गाउँपालिकाले मङ्गलबार सार्वजनिक बिदा दिएको थियो ।