१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

कुस्ती प्रतियोगिताको उपाधि भारतका पहलवानलाई

कुस्ती प्रतियोगिताको उपाधि भारतका पहलवानलाई
अ अ+ अ-

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५स्थित ठाढी घाटमा मङ्गलबार आयोजित अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि भारतका बप्पी पहलवानले हात पार्नुभएको छ । प्रथम पुरस्कारका लागि भएको सो प्रतियोगितामा भारतकै आरबिन्द पहलवानलाई बप्पीले हराउनुभएको थियो ।

त्यस्तै द्धितीय पुरस्कारका लागि भएको प्रतिस्पर्धामा भारतकै शमशेर पहलवान (वनारस)ले ९ विष्णु पहलवान(गोरखपुर)लाई हराउनुभएको थियो । तृतीय पुरस्कार भने दुई कुस्तीबाजले प्राप्त गरेका थिए । भारतकै पवन पहलवान हाटा र गोल्डेन पहलवान कमासी बीच भएको प्रतिष्पर्धा बराबर हुँदा दुवैलाई संयुक्त विजेता घोषित गरिएको थियो ।

उक्त प्रतियोगितामा नेपाल र भारतका गरी कूल २९ जोडीले प्रतिष्पर्धा गरेका थिए । प्रतियोगिताको उद्घाटन नवलपरासी निर्वाचन क्षेत्र नं १ (ख)का प्रदेशसभा सदस्य अजयबहादुर शाहीले गर्नुभएको थियो । ठाडीघाटमा कार्तिक पूर्णिमाको अवसरमा हरेक वर्ष सो प्रतियोगिता हुँदै आएको र त्यसमा नेपाल र भारतका कुस्तीबाजले सहभागिता जनाउँदै आएका छन् ।