३१ श्रावण २०८३, आईतवार
,
Latest
विदेशी उपाधिको समकक्षता निर्धारण गर्न विश्वविद्यालय अनुदान आयोगले थाल्यो प्रक्रिया विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ सडक जोगाउन ‘एक्सल लोड’मा कडाइ, ओभरलोड ट्रकलाई पाँच लाखसम्म जरिवाना नागको चित्र, गाईको गोबर र दुबोको सुवासमा गुञ्जिएको सनातन आस्था र अष्टनागको महिमा (तस्बिरहरु) मुलुक रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक आन्दोलन आवश्यक : परराष्ट्रमन्त्री खनाल भारतीय स्थल सेनाध्यक्ष सेठ ४ दिने नेपाल भ्रमणमा आउँदै जाजरकोट पहिरोः मृत्यु हुनेकाे सङ्ख्या ४ पुग्याे मुस्ताङ प्रदेश अस्पतालको एम्बुलेन्स आफैँ बिरामी भदौमा अधिकांश वाणिज्य बैंकको निक्षेप ब्याजदर स्थिर, पाँच बैंकले घटाए इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

महन्थ ठाकुरले संसदमा कालो पोशाक लगाएर विरोध जनाउँदै दिए राजतन्त्र फर्किने संकेत



अ+ अ-

काठमाडाैँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले नेपालमा राजतन्त्र फर्किनसक्ने संकेत गर्दै कालो पोशाक लगाएर विरोध जनाउनुभएको छ ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा अध्यक्ष ठाकुरले राजतन्त्र फर्किन लागेको संकत गर्दै सांकेतिक रूपमा कालो पोशाक प्रदर्शन गर्नुभएको हो । अध्यक्ष ठाकुरले पूर्वराजाले आफूसँग पटक–पटक भेट्ने प्रयास गरेको खुलासा गर्दै सोही प्रयोजनका लागि आफूले कालो पोशाक लगाएर आएको टिप्पणी गर्नुभयो ।

विरोधका लागि कालो वस्तु प्रयोग गरिन्छ । अध्यक्ष ठाकुरले पूर्वराजासँगको भेटप्रति व्यङ्ग्यात्मक शैलीमा टिप्पणी गरे पनि उहाँको यो अभिव्यक्ति र कालो पोशाकलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

विशेषगरी मुलुकमा राजतन्त्रको विषयलाई लिएर बहस भइरहेका बेला ठाकुरको यो सङ्केतलाई कतिपयले पुनः राजतन्त्रको वकालत वा नयाँ राजनीतिक समीकरणको सम्भावनाका रूपमा विश्लेषण गर्न सकिन्छ । उहाँले आफ्नो पहिचान र देशको विद्यमान परिस्थितिलाई जोड्दै दिएको यो अभिव्यक्तिले राजनीतिक क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ । उहाँले ‘पराधीन सपनामा सुख छैन’ भन्ने उखान उद्धृत गर्दै वर्तमान राजनीतिक र सामाजिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कहावत छ कि पराधिन सपनामा सुख छैन । पराधिन जो हुन्छ नी, त सपनामा पनि सुख हुँदैन । त्यो जागृत अवस्थामा के कस्तो होला ? त्यो भन्ने अवस्था छैन । तपाई हामी यसै समाजमा छौँ, सपना त कस्तो कस्तो आईरहेको छ, सपनामा पनि हामी पिडित छौ । तपाईहरुलाई त्यसो नलाग्ला, तपाईहरु पीडित हुनुहुन्न भने ठिकै छ । फेरि मेरो परिचय विभिन्न किसिमको छ, म मधेशी पनि हुँ, नेपाली भन्नुहुन्छ भने नेपाली पनि हुँ । मेरो सबै परिचय छ । मेरो भित्रको आईडेन्डिटी पनि छ, बाहिरको पनि छ । त्यही कारण केही गतिविधि मलाई थाहा हुँदो रहेछ, मैले यो ड्रेस आज लगाए किन ? किनकी ज्ञानको राजा ज्ञानेन्द्र हुनुहुन्छ, उहाँले धेरै पटक मसंग भेट्ने प्रयास गर्नुभएको थियो । आज म यो लगाएर कहिँ उहाँको त्यो याद आउँछ कि, भेट्नु हुन्छ की त्यसैले कालो ड्रेस लगाएर यहाँ आएको हुँ । हेरौँ, कहिले भेट्नुहुन्छ ।’

आफ्नो बहुपहिचानको चर्चा गर्दै उनले आफू मधेसी र नेपाली दुवै भएको र भित्री–बाहिरी सबै गतिविधिबारे आफू जानकार रहेको दाबी गर्नुभयो ।–