३१ श्रावण २०८३, आईतवार
,
Latest
विदेशी उपाधिको समकक्षता निर्धारण गर्न विश्वविद्यालय अनुदान आयोगले थाल्यो प्रक्रिया विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ सडक जोगाउन ‘एक्सल लोड’मा कडाइ, ओभरलोड ट्रकलाई पाँच लाखसम्म जरिवाना नागको चित्र, गाईको गोबर र दुबोको सुवासमा गुञ्जिएको सनातन आस्था र अष्टनागको महिमा (तस्बिरहरु) मुलुक रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक आन्दोलन आवश्यक : परराष्ट्रमन्त्री खनाल भारतीय स्थल सेनाध्यक्ष सेठ ४ दिने नेपाल भ्रमणमा आउँदै जाजरकोट पहिरोः मृत्यु हुनेकाे सङ्ख्या ४ पुग्याे मुस्ताङ प्रदेश अस्पतालको एम्बुलेन्स आफैँ बिरामी भदौमा अधिकांश वाणिज्य बैंकको निक्षेप ब्याजदर स्थिर, पाँच बैंकले घटाए इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षा क्षेत्रको कुल बजेटको करिव ७० प्रतिशत तल्लो तहमै जानेछः सचिव पौडेल



अ+ अ-

काठमाडाैँ । शिक्षा सचिव चुडामणि पौडेलले आगामी आर्थिक वर्षको बजेट तर्जुमाका क्रममा प्रदेश र विशेष गरी स्थानीय तहलाई उच्च प्राथमिकतामा राखेर बजेट निर्माण गरिरहेको बताउनुभएको छ ।

विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उहाँले राष्ट्रिय योजना तथा नीतिहरूलाई आधार मानी बजेट निर्माण गरिरहेको जानकारी दिँदै कुल बजेटको करिव ७० प्रतिशत अंश वित्तीय हस्तान्तरणमार्फत सिधै स्थानीय तहमा जाने गरी बजेट निर्माण गरिरहेको बताउनु भयो । उहाँकाअनुसार आगामी बजेटमा विद्यालय क्षेत्र सुधार कार्यक्रमलाई प्राथमिकतामा राखिदैछ । साथै १६ औँ पञ्चवर्षीय योजनासँग समेत नीति तथा बजेटलाई समन्वय गर्ने प्रयास भइरहेको उहाँको भनाइ छ ।

सचिव पौडेलले भन्नुभयो– ‘हाम्रो विद्यालय क्षेत्र सुधार कार्यक्रम छ, जुन १० वर्षे योजना हो । त्यसलाई हामीले बेसलाइनको रूपमा लिन्छौँ । १६ औँ पञ्चवर्षीय योजनालाई पनि अर्को महत्वपूर्ण आधारका रूपमा प्रयोग गरिन्छ । साथै, अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, नियम लगायतका दस्तावेजहरूलाई पनि हामी प्रमुख नीतिगत आधारका रूपमा लिन्छौँ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसँग बजेटलाई सकेसम्म तालमेल मिलाउने प्रयास भइरहेको छ । यस सन्दर्भमा बजेट तर्जुमा गर्दा प्रदेश र विशेषगरी स्थानीय तहमा ठूलो हिस्सा जाने व्यवस्था गरिएको छ । करिब ७० प्रतिशत बजेट स्थानीय तहमा वित्तीय हस्तान्तरणमार्फत जाने गर्छ ।’

उहाँकाअनुसार शिक्षा क्षेत्रका सबै नीति तथा कार्यक्रमहरूलाई दीर्घकालीन योजना र कानुनी प्रावधानसँग तालमेल मिलाउँदै बजेटमा उचित प्राथमिकता दिनेगरी शिक्षा मन्त्रालयले बजेट विनियोजन गर्दैछ ।