३१ श्रावण २०८३, आईतवार
,
Latest
विदेशी उपाधिको समकक्षता निर्धारण गर्न विश्वविद्यालय अनुदान आयोगले थाल्यो प्रक्रिया विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ सडक जोगाउन ‘एक्सल लोड’मा कडाइ, ओभरलोड ट्रकलाई पाँच लाखसम्म जरिवाना नागको चित्र, गाईको गोबर र दुबोको सुवासमा गुञ्जिएको सनातन आस्था र अष्टनागको महिमा (तस्बिरहरु) मुलुक रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक आन्दोलन आवश्यक : परराष्ट्रमन्त्री खनाल भारतीय स्थल सेनाध्यक्ष सेठ ४ दिने नेपाल भ्रमणमा आउँदै जाजरकोट पहिरोः मृत्यु हुनेकाे सङ्ख्या ४ पुग्याे मुस्ताङ प्रदेश अस्पतालको एम्बुलेन्स आफैँ बिरामी भदौमा अधिकांश वाणिज्य बैंकको निक्षेप ब्याजदर स्थिर, पाँच बैंकले घटाए इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रश्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मालाई प्रश्नः बार र बेन्चबीचको द्वन्द्व व्यवस्थापन कसरी गर्नुहुन्छ ?



अ+ अ-

काठमाडाैँ । प्रश्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मामाथि संसदीय सुनुवाई भइरहेको छ ।

मंगलवार सिंहदरबारमा बसेको समिति बैठकमा उहाँविरुद्ध परेका उजुरीहरू अध्ययनपश्चात शर्मा संसदीय समितिमा उपस्थित हुनुभएको छ । सुनुवाईमा भाग लिँदै नेपाली काँग्रेसका सांसद आनन्द ढुंगानाले न्यायालय र बारबीचको द्वन्द्व व्यवस्थापन कसरी गर्नुहुन्छ भन्दै प्रश्न गर्नुभयो ।

उहाँले लामो समयदेखि बेन्च (न्यायालय) र बारबीच द्वन्द्व भइरहँदा न्याय सम्पादन प्रभावित हुँदै आएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘न्यायालय र बारबीच लामो द्वन्द्व भइरहन्छ । बार र न्यायालयको बेन्चबीच जुन द्वन्द्व छ त्यसलाई कसरी निरुपण गर्नुहुन्छ । विगतमा केही प्रधान न्यायाधीशले यो द्वन्द्व कम गर्ने प्रयास गरेपनि अहिले फेरि यो द्वन्द्व बढेको जस्तो देखिन्छ । द्वन्द्व बढ्यो भने फेरी न्याय पाउन गाह्रो हुँदो रहेछ ।’ उहाँले न्यायालयलाई विकासमैत्री कसरी बनाउन सकिन्छ भन्ने चासो समेत प्रश्ताविक प्रधानन्यायाधीश शर्मासमक्ष राख्नुभयो ।