६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीश नियुक्ति प्रकरण इतिहासमै विवादितः सांसद अर्याल



अ+ अ-

काठमाडाैँ । नेकपा (एमाले) की सांसद पद्मा अर्यालले प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियामा वरिष्ठता र योग्यताको स्थापित सिद्धान्त मिचिएको भन्दै प्रश्न उठाउनुभएको छ ।

मङ्गलवार संसदीय सुनुवाई समितिमा प्रश्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाइका क्रममा धारणा राख्दै उहाँले यस पटकको प्रधानन्यायाधीश नियुक्ति प्रकरण इतिहासमै विवादित बनेको टिप्पणी गर्नुभयो ।

प्रश्तावित प्रधानन्यायाधीश शर्माले प्रश्तुत गर्नुभएको कार्ययोजना र प्रतिवद्धतामाथि केन्द्रित हुँदै सांसद अर्यालले चारवटा मुख्य बुँदामा स्पष्टीकरण माग गर्नुभएको छ । उहाँले वरीयता क्रममा चौथो नम्बरमा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गरिनुले न्याय क्षेत्रमा गलत नजिर बस्ने आशंका व्यक्त गर्नुभयो ।

उहाँले अन्य तीन वरिष्ठ न्यायाधीशहरू भन्दा डा. शर्मामा कुन विशेष योग्यता र विशेषता छ भन्दै त्यसलाई पुष्टि गर्न चुनौती समेत दिनुभयो । न्याय र कानुनको विकासमा अरूभन्दा उत्कृष्ट योगदान पु¥याएको आधार के हो भनी उहाँले स्पष्टीकरण माग गर्नुभयो । कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्न खोजेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको न्यायिक इतिहासमा पहिलोपटक चौथो नम्बरको वरीयतामा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको छ । यसले स्थापित वरिष्ठता र योग्यताको सिद्धान्तलाई कसरी आत्मसात् गर्छ ? के यसले भविष्यमा न्यायाधीशहरूमा कार्यक्षमता भन्दा राजनीतिक निकटता खोज्ने प्रवृत्तिलाई प्रश्रय दिँदैन ? संवैधानिक परिषद्को यो निर्णयले न्यायपालिकाको स्वतन्त्रतामा कस्तो असर पार्छ ? के तपाईं प्रधानन्यायाधीश नियुक्त भएपछि कार्यपालिकाका गलत निर्णयहरूमाथि निर्धक्क भएर अंकुश लगाउन सक्नुहुन्छ ?’

सांसद अर्यालले न्यायमा पहुँचको विषयलाई लिएर पनि डा. शर्माको विगतको कार्यक्षमतामाथि प्रश्न उठाउनु भयो । लामो समय ‘न्यायमा पहुँच आयोग’ को नेतृत्व सम्हाल्दा पनि नतिजा कमजोर रहेको उल्लेख गर्दै उहाँले अबको ६ वर्षे कार्यकालमा अदालतलाई सर्वसाधारणका लागि सुलभ र सस्तो बनाउने ठोस आधार के छ भनी जिज्ञासा राख्नुभयो । प्रश्तावित प्रधानन्यायाधीश विरुद्ध परेका उजुरीहरू र बाहिर चर्चामा रहेका विषयहरूलाई आधार मानी आफूले यी प्रश्नहरू उठाएको सांसद अर्यालको भनाइ छ ।