३१ श्रावण २०८३, आईतवार
,
Latest
लघुवित्त पीडित र सरकारबीच ७ बुँदे सहमति, राजधानी केन्द्रित आन्दोलन स्थगित कैलालीका १३ स्थानीय तहमा ‘एक स्थानीय तह दुई उत्पादन’ अभियान, रु. ५ करोड ५० लाख… देउवाले भनेः ‘म हिन्दू हुँ, हिन्दू धर्म मान्न पाउने अधिकार हुनुपर्छ’ विदेशी उपाधिको समकक्षता निर्धारण गर्न विश्वविद्यालय अनुदान आयोगले थाल्यो प्रक्रिया विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ सडक जोगाउन ‘एक्सल लोड’मा कडाइ, ओभरलोड ट्रकलाई पाँच लाखसम्म जरिवाना नागको चित्र, गाईको गोबर र दुबोको सुवासमा गुञ्जिएको सनातन आस्था र अष्टनागको महिमा (तस्बिरहरु) मुलुक रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक आन्दोलन आवश्यक : परराष्ट्रमन्त्री खनाल भारतीय स्थल सेनाध्यक्ष सेठ ४ दिने नेपाल भ्रमणमा आउँदै जाजरकोट पहिरोः मृत्यु हुनेकाे सङ्ख्या ४ पुग्याे
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’



अ+ अ-

काठमाडौं । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट, डकैतीजस्ता घटना बढ्दै गएको उल्लेख गर्दै सरकारसँग सुरक्षाको सुनिश्चितता गर्न आग्रह गर्नुभयो ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद दुर्गा गुरुङले भन्नुभयो, “१३२ केभी प्रसारण लाइनको देउराली र चिसापानीको बीचमा रहेको टावर हुरीबतासले लडाएपछि पुरानो ३३ केभी लाइनबाट काम चलाइरहेको छ, अहिले सुर्खेतमा १३२ केभी प्रसारण लाइन अवरुद्ध हुँदा सुर्खेतलगायत आसपासको क्षेत्रमा न्यून भोल्टेज हुँदा बिजुली बत्तीबाट चल्ने घरेलु उपकरण पनि चल्न सकेको छैन, समस्या समाधान गर्न छिटो पहल गरियोस् ।”

सांसद नारायणदत्त मिश्रले न्यायपालिकालाई स्वतन्त्र र निष्पक्ष रहन दिनुपर्ने धारणा राख्नुभयो । सांसद भुवनबहादुर सुनारले सुकुम्बासी समस्या जतिसक्दो चाँडो समाधान गर्नुपर्ने उल्लेख गर्नुभयो ।

सांसद सोनाम गेल्जेन शेर्पाले सोलुखुम्बु जिल्लामा रहेको जलविद्युत् आयोजना समयमै सम्पन्न गर्नुपर्ने बताउनुभयो । सांसद सुरेशकुमार आलेमगर, मोहमद खालिद, युवराज शर्मा र राजेन्द्र लक्ष्मी गैरेले देशको समसामयिक विषयमा सरकारसँग चासो राख्नुभयो ।