९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

पाथिभरा केवलकार र सडक पूर्वाधार निर्माणबारे सांसद थेबेद्वारा सरकारको ध्यानाकर्षण

पाथिभरा केवलकार र सडक पूर्वाधार निर्माणबारे सांसद थेबेद्वारा सरकारको ध्यानाकर्षण
अ अ+ अ-

काठमाडौँ। नेकपा (एमाले) का सांसद क्षितिज थेबेले ताप्लेजुङस्थित पाथिभरा (मुकुम्लुङ) मा निर्माणाधीन केवलकार परियोजना र सडक पूर्वाधारको सुस्त गतिलाई लिएर सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद थेबेले राष्ट्रिय गौरव र स्थानीय विकाससँग जोडिएको पाथिभरा केवलकार परियोजनाका सम्बन्धमा सरकारको आधिकारिक धारणा माग गर्नुभयो ।

केवलकार निर्माण कार्य रोकिएको भन्ने मौखिक सूचनाहरू बाहिरिएका कारण ताप्लेजुङका जनतामा अन्योल छाएको उल्लेख गर्नुभयो । सांसद थेबेले एकातिर परियोजनाको विरोध भइरहेको र अर्कोतर्फ विकास, पर्यटन तथा रोजगारीका लागि यो आयोजना अपरिहार्य रहेको बताउँदै स्थानीय समुदायको धार्मिक तथा सांस्कृतिक आस्था र विकासबीच सन्तुलन कायम गर्न सरकारसँग ठोस योजना माग गर्नुभयो ।

उहाँले सरकारलाई अफवाहको भरमा नभई स्पष्ट आधिकारिक निर्णयका साथ अगाडि बढ्न र सबै पक्षबीच विश्वासको वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो आयोजना बन्ने हो कि रोकिने हो? सरकारको आधिकारिक धारणा के हो? ताप्लेजुङका जनता स्पष्ट जानकारीको पर्खाइमा छन् । ताप्लेजुङबाट काठमाडौं आउँदा उक्त सडक खण्डमा गाडी चल्न नसक्ने अवस्था थियो । अन्ततः डोजरले बाटो खोलेपछि मात्र यात्रा सम्भव भयो। तीन–तीन वर्ष म्याद थप्दा पनि ट्र्याक खुल्न नसक्नु कस्तो विडम्बना हो ?’

सांसद थेबेले ताप्लेजुङको लुम्बिनी पुलदेखि दोभान बजार खण्डको सडक निर्माणमा भइरहेको चरम ढिलाइप्रति पनि कडा आपत्ति जनाउनु भयो । वि.सं. २०७७ सालमा ठेक्का लागेको र २०८० सालमा म्याद सकिएर पुनः थप गरिएको तीन वर्ष बितिसक्दा पनि सडकको ट्र्याक समेत खुल्न नसक्नु लज्जास्पद भएको उहाँको तर्क थियो । सांसद थेबेले अलपत्र अवस्थामा रहेको उक्त सडक खण्डको काम तत्काल अगाडि बढाउन र पूर्वाधार निर्माणमा देखिएको ढिलासुस्ती अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।