४ आश्विन २०८१, शुक्रबार
,
Latest
मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार आजको विदेशी मुद्रा विनिमय: अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो मंगोलियामा अचानक तापक्रम घटेसँगै भारी हिमपात, जनजीवन प्रभावित तनहुँमा पनि स्ट्रबेरी खेती सात प्रदेश अव्यवहारिक र अवैज्ञानिक छ, पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्छः उपेन्द्र यादव प्यालेस्टिनबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसंघबाट पारित, नेपाल तटस्थ बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौँडा सम्पदा यात्रा’ संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा चौथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

आपराध रोक्न गृहमन्त्री थापाले दिए यस्तो उपाए, के रोकिएला अपराध ?



अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आपराधिक क्रियाकलाप रोक्न सुदृढ र भरपर्दो सूचना आवश्यक हुने बताउनुभएको छ । राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक र प्रमुख अनुसन्धान अधिकृतका लागि काठमाडौँमा आयोजित ‘अप्रेशन कमाण्ड तथा नेतृत्व विकास तालिम’को आज समापनका क्रममा उहाँले विश्वसनीय सूचना प्रणालीले मात्रै समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न सकिनेमा जोड दिनुभयो ।

“संगठित अपराध, लागूऔषध, मानव वेचबिखन, साइबर क्राइमजस्ता गतिविधि रोक्न सुदृढ र भरपर्दो सूचनाको आवश्यकता हुन्छ, तसर्थ राष्ट्रिय अनुसन्धान विभागलाई अझ सुदृढ र विश्वसनीय बनाई व्यवसायिक इन्टेलिजेन्स संस्थामा रुपान्तरण गर्न यस तालिमले थप मद्दत गर्नेछ”, गृहमन्त्री थापाले भन्नुभयो ।

देशको शान्ति सुरक्षा र अमन चयनलाई आन्तरिक वा वाह्यरुपमा मजबुद बनाउन सबै सुरक्षा निकायबीच संयुक्तरुपमा कार्य सञ्चालन हुनुपर्नेमा जोड दिँदै उहाँले सङ्गठित अपराध, लागूऔषध, मानव वेचबिखन र साइबर क्राइमजस्ता गतिविधिमार्फत देशलाई कमजोर बनाउने तत्व अझै सक्रिय रहेका बताउनुभयो ।

नेपाल सरकाले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पुरा गर्न सुरक्षा निकायको विशेष भूमिका रहने भन्दै उहाँले यस्ता प्रशिक्षणले अझ सदाचारी, नैतिकवान र नागरिकप्रति जिम्मेवार तथा प्रतिवद्ध बनाउन मद्दत मिल्ने उल्लेख गर्नुभयो । गृह मन्त्रालयबाट लागू भएको गृह प्रशासन सुधार कार्य योजना २०७४ अन्तर्गतको ८२ बुँदे कार्ययोजनालाई अझ प्रभावकारी कार्यान्वयनका लागि पनि यस्ता प्रशिक्षण जरुरी रहने उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्रिय सुरक्षा चुनौतीको पहिचान गरी प्रभावकारी सूचना सङ्कलन र विश्लेषणद्वारा त्यस्ता चुनौतीलाई निस्तेज बनाउन अनुसन्धान अधिकृतको व्यावसायिक दक्षता र सीप महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारीले तालिमको उद्देश्यबारे प्रष्ट्याउनुभएको थियो । पैँतालिस दिनसम्म चलेको उक्त तालिममा राष्ट्रिय अनुसन्धान विभागका १५ उपअनुसन्धान निर्देशक र १० प्रमुख अनुसन्धान अधिकृतको सहभागिता थियो ।