२५ जेष्ठ २०८३, सोमबार
,
Latest
काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीशमा सिफारिस शर्माको सुनुवाइ, अनुमोदन र सपथ आजै गराउने तयारी



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज शर्माको आजै सुनुवाइ सकेर अनुमोदन गराइने र सकेसम्म सपथ गराउने तयारी भएको छ ।

यो पनि पढ्नुहोस- न्यायलयमा रमिता: रोकिएका रिट दर्ता गर्न कामु प्रधानन्यायाधीश मल्लको आदेश , मंगलबार नै सुनुवाई सक्ने समितिको तयारी

संसदीय सुनुवाइ समितिका सचिव तुलप्रसाद कडेलले दिउँसो १ बजे सुनुवाइ हुने भन्दै उपस्थित हुने व्यवस्था मिलाइदिन संवैधानिक परिषद्लाई पत्र पठाउनु भएको छ ।

शर्माविरूद्ध १६ वटा उजुरी परेका छन्। शर्माविरूद्ध परेका उजुरीबारे संसदीय सुनुवाइ समितिमा मंगलबार बिहानैबाट सुनवाइ शुरू भएको छ ।

संवैधानिक परिषदको बहुमतले वैशाख २४ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा शर्मालाई सिफारिस गर्ने निर्णय गरेको थियो।

तस्बिरः गोपाल दाहाल/रासस