३१ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे सहमति प्रस्ताव स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिके राउतको पार्टीले दियो अध्यक्षमा उम्मेदवारी



अ+ अ-

महोत्तरी । निर्वाचन प्रक्रियामा पहिलो पटक होमिएको डा सिके राउत नेतृत्वको पार्टीबाट महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष पदमा हुने उपनिर्वाचनमा एक महिलाले उम्मेदवारी दिनुभएको छ ।

गाउँपालिकाको अध्यक्ष पदमा डा सिके राउत नेतृत्वको जनमत पार्टीबाट पिपरा गाउँपालिका–५ स्थायी घर भएकी अञ्जनीदेवी मण्डलले उम्मेदवारी दिनुभएको सो पार्टीका महोत्तरी जिल्ला इन्चार्ज सञ्जय यादवले बताउनुभएको छ ।

उम्मेदवार मण्डल सो पार्टीको तर्फबाट ‘लाउडस्पिकर’ छाप लिएर चुनावी मैदानमा उत्रिनुभएको छ । पहिलो पटक पार्टी चुनावमा आएको र केही अलग गर्ने उद्देश्य रहेको बताउनुहुँदै उम्मेदवार मण्डलले आफ्नो पार्टीले चुनाव जित्ने जिकिर गर्नुभयो ।




भर्खरै