६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

प्रश्तावित प्रधानन्यायाधीशको सुनुवाई प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन सांसद पुनको जोड

प्रश्तावित प्रधानन्यायाधीशको सुनुवाई प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन सांसद पुनको जोड
अ+ अ-

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले प्रश्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाई प्रक्रियालाई परिपक्व, पारदर्शी र जवाफदेही बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

मङ्गलवार बसेको संसदीय सुनुवाई समितिको बैठकमा बोल्दै सांसद पुनले निर्धारित कार्यतालिकाअनुसार नै प्रक्रिया अघि बढाउन सुझाव दिनुभएको हो । बैठकमा आफ्नो धारणा राख्दै पुनले प्रश्तावित प्रधानन्यायाधीशविरुद्ध प्राप्त उजुरीहरू र उहाँको कार्ययोजनामाथि गहन अध्ययन आवश्यक रहेको बताउनु भयो । उजुरी आह्वानका लागि दिइएको १० दिनको समयसीमा पूरा भइसकेको उल्लेख गर्दै उहाँले सचिवालयले तयार पारेको कार्यतालिकाअनुसार नै अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

सांसद पुनले यसपटकको सुनुवाई प्रक्रियामा नयाँ अभ्यासको थालनी गरिएको जानकारी दिनुभयो । विगतमा सुनुवाइपछि पदाधिकारीहरू कहाँ र कसरी काम गरिरहेका छन् भन्ने जानकारी नहुने अवस्था रहेकोमा, अहिलेको कार्यविधिमा प्रत्येक तीन–चार महिनामा कार्यसम्पादन विवरण बुझाउनुपर्ने र त्यसलाई सार्वजनिक गरी जनताप्रति उत्तरदायी बनाउने व्यवस्था गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

हाल संसदमा प्रि–बजेट छलफल चलिरहेकाले सांसदहरू कार्यव्यस्ततामा भएपनि समितिको कामलाई प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । प्राप्त उजुरी र कार्ययोजनाहरू अध्ययन गर्ने र भोलिदेखि निरन्तर सुनुवाईको प्रक्रिया अघि बढाउनु उपयुक्त हुने प्रश्ताव उहाँले सचिवालयसमक्ष राख्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘संसदीय सुनुवाई समितिले गर्ने निर्णयमा लोकतान्त्रिक पद्धति, पारदर्शिता र जवाफदेहिता देखिनुपर्छ । कार्यकारीले गरेको निर्णयलाई केवल औपचारिकता दिने वा विमति राख्ने मात्र नभई, व्यवस्थापिकाले आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह गर्नुपर्छ । न्यायालयमा सुधारको खाँचो रहेको जनगुनासोलाई सम्बोधन गर्ने गरी प्रस्तावित प्रधानन्यायाधीशले कस्तो सुधारको खाका ल्याउनुहुन्छ, त्यसमा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ ।’

प्रश्तावित प्रधानन्यायाधीशको ६ वर्षको कार्यकाल रहने सन्दर्भमा उहाँको भावी कार्ययोजना र न्यायालय सुधारको प्रतिवद्धता महत्वपूर्ण हुने पुनको भनाइ छ । संवैधानिक व्यवस्थाअनुसार प्रश्तावित नाम अनुमोदनका लागि बहुमत र अस्वीकृत गर्न दुई–तिहाइ मत आवश्यक पर्ने कुरालाई स्मरण गराउँदै सांसद पुनले समितिको निर्णय प्रक्रिया विवेकपूर्ण र वस्तुनिष्ठ हुनुपर्नेमा जोड दिनुभयो ।