५ श्रावण २०८३, मंगलवार
,
Latest
आइएमईद्वारा बीवाईडी एट्टो १ ईभी विजेतालाई पुरस्कार हस्तान्तरण साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव बरामद वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव वैदेशिक रोजगारका ४० हजारभन्दा बढी पुराना फाइल डिजिटलाइज गरिँदैः ठगी शुन्यमा झार्ने श्रममन्त्रीको उद्घोष ज्येष्ठ नागरिकको अधिकारको विषयमा छुट्टै महासन्धि बन्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराको न्युरोड क्षेत्रमा सडकपेटी अतिक्रमण हटाउन सुरू, अटेर गर्ने सवारी साधनलाई कारबाही



अ+ अ-

काठमाडाैँ । पोखरा महानगरपालिकाले न्युरोड क्षेत्रका फुटपाथ (सडकपेटी) मा हुने अनधिकृत पार्किङ हटाउने अभियानलाई तिब्रता दिएको छ ।महानगरको वडा नम्बर ८ र ९ अन्तर्गत पर्ने न्यूरोड क्षेत्रमा पैदलयात्रीको सहजताका लागि सडकपेटी खाली गराउन थालिएको हो ।

नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापाकाअनुसार फुटपाथ पैदलयात्रीका लागि मात्र भएकाले त्यहाँ सवारी साधन पार्किङ गर्दा आवागमनमा अवरोध पुग्ने र दुर्घटनाको जोखिम बढ्ने हुँदा यो कदम चालिएको हो ।

उहाँले महानगरपालिकाले तोकेका निश्चित स्थानहरूमा मात्र पार्किङ गर्न र अन्य क्षेत्रमा सवारी धनी स्वयंले व्यवस्थापन गर्नुपर्ने स्पष्ट पार्नुभयो । महानगरले यो अभियान शुरु गर्नुअघि गत शुक्रवारदेखि आईतवारसम्म तीन दिन लगातार माइकिङ गरी नगरबासीलाई यसबारे जानकारी गराएको थियो । सूचनाको अवज्ञा गर्ने सवारी साधनमाथि आजदेखि कारबाही शुरु गरिएको छ । सोमवार मात्रै फुटपाथमा पार्किङ गरिएका ८ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको नगर प्रहरीले जनाएको छ ।

उहाँले भन्नुभयो, ‘फुटपाथ बाइक राख्ने ठाउँ होइन, यो पैदलयात्रीका लागि बनाइएको हो । महानगरले न्यूरोडका केही स्थानमा पार्किङको व्यवस्था गरेको छ, त्यहीँ पार्किङ गर्नुपर्छ । दीर्घकालीन पार्किङको व्यवस्था नभएसम्म फुटपाथलाई भने पूर्ण रूपमा खाली राखिनेछ ।’

नगर प्रहरी निरीक्षक थापाले मंगलवारदेखि थप कडाइ गरिने बताउनु भयो । अबका दिनमा फुटपाथमा पार्किङ गरिएको पाइएमा सवारी धनीलाई तत्काल सवारी साधन नबुझाइने र ती साधन नियन्त्रणमा लिएर जिल्ला ट्राफिक प्रहरी कार्यालय पठाई नियमानुसार कडा कारबाही गरिने उहाँको भनाइ छ । महानगरले सडकपेटी खाली गराई सडकमा हुने चाप र सम्भावित दुर्घटना न्युनिकरणमा सहयोग पु¥याउन सम्पूर्ण सवारी धनी तथा नगरबासीलाई आग्रह गरेको छ ।