७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रान्सको पेरिसमा शिक्षामन्त्री पोखरेल



अ+ अ-

काठमाडौं । फ्रान्सको पेरिसमा जारी संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को ४० औँ महासभामा नेपालका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतितिधित्व गरिरहनुभएको छ ।

(युनेस्को)को मुख्यालयमा जारी सो महासभामा उहाँले राष्ट्रसङ्घीय दिगो विकास लक्ष्यको लक्ष्य नं ४ अन्तर्गत शिक्षा क्षेत्रमा भएका प्रगति, उच्च शिक्षा तथा समावेशीताजस्ता विषयमा सम्बोधन गर्नुहुने कार्यक्रम छ । मन्त्री पोखरेलले नेपालमा युनेस्कोको सहयोग र त्यसको निरन्तरताका विषयमा समेत छलफल गर्नुहुने उहाँको सचिवालयले जनाएको छ । महासभामा सहभागी मुलुकका शिक्षा हेर्ने मन्त्रीको बैठकमा समेत भाग लिनुहुनेछ मन्त्री पोखरेलले महासभालाई यही नोभेम्बर १६ तारिखका दिन सम्बोधन गर्नुुहुने कार्यक्रम छ ।

विश्वका १९३ मुलुकका प्रतिनिधि सहभागी महासभामा शिक्षा सचिव महेशप्रसाद दाहाल, युनेस्कोका लागि नेपालका स्थायी प्रतिनिधि (राजदूत) दीपक अधिकारी, युनेस्कोका लागि नेपाल राष्ट्रिय आयोगको सचिवालयका सहायक महासचिव डा बाबुराम अधिकारी, आयोगको सचिवालयका सचिव खगराज पौडेल, नेपाल शिक्षक सङ्घका अध्यक्ष राजेन्द्रराज पौडेललगायत आठ सदस्य सहभागी हुनुहुन्छ । ‘अग्लोबल ल्याबेरोटरी अफ आइडियाज टु म्याप फ्युचर मल्टिल्याटरल कोअपरेसन’ को मुख्य विषयमा जारी महासभा यही नोभेम्बर १२ देखि २७ तारिखसम्म चल्नेछ ।