६ श्रावण २०८३, बुधबार
,
Latest
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिडिसीले भुक्तानी गरेन किसानकाे डेढ अर्ब रकम



अ+ अ-

काठमाडाैँ । प्रधानमन्त्री बालेन्द्र शाहाले केही दिनअघि सामाजिक सञ्जालमार्फत दुग्ध विकास संस्थान (डिडिसी)को चिजको प्रचार गर्दै तस्बिर सार्वजनिक गरेका थिए। तर उनले प्रचार गरेको डिडिसीले भने कृषकलाई दिनुपर्ने रु. १ अर्ब ४१ करोडभन्दा बढी रकम अझै भुक्तानी गर्न नसकेको तथ्य महालेखापरीक्षकको ६०औँ वार्षिक प्रतिवेदन २०८३ बाट सार्वजनिक भएको छ।

प्रतिवेदनअनुसार संस्थानले कृषकबाट खरिद गरिएको कच्चा दूधको भुक्तानी १५ दिनभित्र गर्ने नीति लिएको भए पनि विभिन्न दुग्ध वितरण आयोजनामार्फत ठूलो रकम लामो समयदेखि रोकिएको पाइएको हो।

काठमाडौँ दुग्ध वितरण आयोजनामा मात्रै रु. ६१ करोड ५३ लाख ८८ हजार कृषक भुक्तानी बाँकी रहेको छ। त्यस्तै विराटनगर दुग्ध वितरण आयोजनामा रु. ३१ करोड २९ लाख ९१ हजार, हेटौंडा दुग्ध वितरण आयोजनामा रु. २० करोड १० लाख ७३ हजार र अन्य पाँच आयोजनामा रु. २८ करोड ५४ लाख ४९ हजार भुक्तानी बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ। आठ आयोजनामा गरी कुल रु. १ अर्ब ४१ करोड ४९ लाख १ हजार कृषकले पाउनुपर्ने रकम रोकिएको देखिएको हो।

महालेखापरीक्षकको कार्यालयले भुक्तानी बाँकीको यकिन विवरण तयार गरी संस्थानको नीतिअनुसार कृषकलाई समयमै रकम उपलब्ध गराउन निर्देशन दिएको छ।