६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

ईभी आयातमा २ अर्ब ५० करोडभन्दा बढी राजस्व छली

ईभी आयातमा २ अर्ब ५० करोडभन्दा बढी राजस्व छली
अ+ अ-

काठमाडौँ । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) आयातमा ठूलो परिमाणमा राजस्व छली भएको पाइएको छ। महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनलेअनुसार रसुवा र तातोपानी भन्सार कार्यालयबाट आयात भएका ईभीमा मोटर क्षमतासम्बन्धी प्राविधिक परीक्षण नगरी पैठारीकर्ताले बीजकमा उल्लेख गरेको विवरणकै आधारमा भन्सार जाँचपास गरिएको पाइएको हो।

भन्सार महसुल ऐन, २०८१ को अनुसूची–३ अनुसार ५० देखि १०० किलोवाटसम्म पिक मोटर पावर भएका ईभीमा २० प्रतिशत भन्सार महसुल, १५ प्रतिशत अन्तःशुल्क तथा मूल्य अभिवृद्धि कर लाग्ने व्यवस्था छ। यस्ता सवारीसाधन भन्सार उपशीर्षक ८७०३।८०।५१ ९अनएसेम्बल० र ८७०३।८०।५९ ९अन्य० अन्तर्गत जाँचपास गरिन्छ। त्यस्तै, १०० देखि २०० किलोवाटसम्म क्षमता भएका सवारीसाधनमा ३० प्रतिशत भन्सार महसुल, २० प्रतिशत अन्तःशुल्क तथा मूल्य अभिवृद्धि कर लाग्ने व्यवस्था रहेको छ, जसलाई भन्सार उपशीर्षक ८७०३।८०।६९ अन्तर्गत वर्गीकरण गर्नुपर्ने हुन्छ।

प्रतिवेदनमा उल्लेख भएअनुसार हालसम्म आयातित ईभीको जडित मोटरको वास्तविक क्षमता परीक्षण गर्ने व्यवस्था कार्यान्वयनमा छैन। यातायात व्यवस्था विभागले समेत मोटर क्षमता परीक्षण नगरी सवारीसाधन सडकमा सञ्चालन योग्य रहेको प्रमाणपत्र मात्र दिने गरेको देखिएको छ।

महालेखा परीक्षकको कार्यालयले विभिन्न आयातकर्ताले घोषणा गरेको पिक मोटर पावरको स्वतन्त्र प्राविधिक परीक्षण नभएको, उत्पादक कम्पनी वा आधिकारिक परीक्षण निकायबाट प्रमाणित परीक्षण प्रतिवेदनसमेत संलग्न नगरेको जनाएको छ। तर, उत्पादक कम्पनीका वेबसाइटमा प्रकाशित प्राविधिक विवरण तथा अन्य मुलुकमा निर्यात गरिएका मोडलको आधारमा केही सवारीसाधन १०० देखि २०० किलोवाट क्षमताका रहेको देखिएको प्रतिवेदनमा उल्लेख छ।

यस्तो अवस्थामा १०० किलोवाटभन्दा माथिका सवारीसाधनलाई उच्च करदर लाग्ने भन्सार उपशीर्षक ८७०३।८०।६९ अन्तर्गत जाँचपास गर्नुपर्नेमा रसुवा र तातोपानी भन्सार कार्यालयले ९९।९ वा १०० किलोवाट उल्लेख गरी कम करदर लाग्ने उपशीर्षकअन्तर्गत जाँचपास गरेको महालेखा परीक्षकको निष्कर्ष छ।

प्रतिवेदनअनुसार रसुवा भन्सार कार्यालयबाट रु। १ अर्ब २७ करोड २७ लाख ९१ हजार र तातोपानी भन्सार कार्यालयबाट रु। १ अर्ब २३ करोड ५५ लाख २५ हजार गरी कुल रु। २ अर्ब ५० करोड ८३ लाख १६ हजार बराबरको राजस्व छुट भएको आशंका गरिएको छ।

महालेखा परीक्षकको कार्यालयले आधिकारिक उत्पादक कम्पनीले प्रकाशित गरेको प्राविधिक विवरण, मोटर क्षमताको परीक्षण, डाइनामोमिटर टेस्ट तथा उत्पादक देशका मापदण्डअनुसार प्राविधिक परीक्षण गरी छुट भएको महसुल तथा कर असुल गर्न सरकारलाई निर्देशन दिएको छ।