६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

सरकारी विज्ञापन नीतिले आर्थिक गणनाको प्रचारप्रसारमा समस्या भयाे: राष्ट्रिय तथ्याङ्क कार्यालय

सरकारी विज्ञापन नीतिले आर्थिक गणनाको प्रचारप्रसारमा समस्या भयाे: राष्ट्रिय तथ्याङ्क कार्यालय
अ+ अ-

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले सरकारको विज्ञापनसम्बन्धी नीतिका कारण राष्ट्रिय आर्थिक गणनाको प्रचारप्रसारमा समस्या भएको जनाएको छ ।

सोमबार रेडियोकर्मीहरूसँग आयोजित छलफल कार्यक्रममा प्रमुख तथ्याङ्क अधिकारी डा. कमलप्रसाद पोखरेलले सरकारी विज्ञापनसम्बन्धी नयाँ नीतिका कारण निजी सञ्चारमाध्यमसँग अपेक्षित सहकार्य गर्न नसकिएको बताउनुभयो । उहाँले विशेषगरी ग्रामीण क्षेत्रमा एफएम रेडियोको पहुँच र प्रभाव उच्च रहेकाले त्यस्ता माध्यममार्फत सूचना प्रवाह गर्न पाएको भए आर्थिक गणनाको काम अझ प्रभावकारी हुने उल्लेख गर्नुभयो ।

उहाँका अनुसार दूरसञ्चार सेवा प्रदायक संस्थामार्फत कलर रिङ ब्याक टोन (सीआरबीटी) प्रयोग गरेर जनचेतना फैलाउने योजना पनि नेपाल दूरसञ्चार प्राधिकरणको नयाँ नीतिका कारण कार्यान्वयन हुन सकेन । यसले गणक तथा सुपरिवेक्षकहरूलाई जनस्तरसम्म सूचना पुर्‍याउन थप कठिनाइ भएको उहाँको भनाइ छ ।

डा. पोखरेलले वैशाख २ गतेदेखि सुरु भएको आर्थिक गणनामा हालसम्म ५४ प्रतिशत प्रगति हासिल भएको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म करिब ८ लाख प्रतिष्ठान तथा संघसंस्थाको तथ्याङ्क संकलन भइसकेको छ ।

उहाँले २०७५ सालमा गरिएको आर्थिक गणनामा करिब ९ लाख २३ हजार प्रतिष्ठान समेटिएको स्मरण गर्दै यसपटक कुनै पनि प्रतिष्ठान नछुटाइ गणना गर्ने लक्ष्य राखिएको बताउनुभयो ।

उहाँले आर्थिक गणनाबाट देशको रोजगारी अवस्था, आर्थिक गतिविधिको प्रवृत्ति तथा समग्र आर्थिक प्रगतिबारे विश्वसनीय तथ्याङ्क प्राप्त हुने उल्लेख गर्दै यस्ता तथ्याङ्कले आगामी पाँच वर्षभित्र १०० खर्ब रुपैयाँको अर्थतन्त्र निर्माण गर्ने सरकारको लक्ष्य पूरा गर्न सहयोग पुग्ने बताउनुभयो । साथै, नेपाललाई अल्पविकसित राष्ट्र (एलडीसी) बाट स्तरोन्नति गर्ने प्रक्रियामा पनि आर्थिक गणनाले महत्वपूर्ण आधार प्रदान गर्ने उहाँको भनाइ थियो ।

कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी तथा प्रवक्ता ढुण्डीराज लामिछानेले प्रचारप्रसारको अभावका कारण ग्रामीण क्षेत्रमा आर्थिक गणनाको काम प्रभावित भएको बताउनुभयो । उहाँका अनुसार गाउँका धेरै नागरिकलाई आर्थिक गणनाबारे जानकारी नै नभएकाले गणकहरूले काम गर्न कठिनाइ भोगिरहेका छन् ।

उहाँले विज्ञापन तथा रिङटोनमार्फत सूचना प्रवाह गर्न नपाउँदा जनचेतना विस्तारमा समस्या भएको बताउँदै विभिन्न चुनौतीका बीच पनि हालसम्म ८ लाखभन्दा बढी प्रतिष्ठानको गणना सम्पन्न गरिएको जानकारी दिनुभयो ।

कार्यालयका अनुसार हालसम्म आर्थिक गणनाका लागि ८ लाखभन्दा बढी कागजी प्रश्नावली वितरण गरिएको छ भने १० हजारभन्दा बढी ई–सेन्सस टोकन पनि बाँडिएको छ । वैशाख २ गतेदेखि सुरु भएको आर्थिक गणना असार ७ गतेसम्म सञ्चालन हुनेछ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सबै जिल्लामा कार्यालय स्थापना गरी गणना कार्य अघि बढाइएको जनाएको छ । आर्थिक गणनालाई सफल बनाउन स्थानीय तहका प्रमुख, वडा अध्यक्ष, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश सरकार तथा स्थानीय तहसँग समन्वय भइरहेको कार्यालयले जनाएको छ । साथै, कार्यालयले आर्थिक गणनामा सहयोग गर्न सबै पक्षसँग आग्रह गरेको छ ।