२३ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेलिकप्टरबाट गर्भवतीको उद्धार



अ+ अ-

जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिका–९ की ४७ वर्षीय पाना कामीको उद्धार गरिएको छ । यही कात्तिक २५ गते सुत्केरी हुने मिति चिकित्सकले दिएको भए पनि बुधबारसम्म सुत्केरी हुन नसकेपछि ४७ वर्षीय कामीको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लगिएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाइको आर्थिक सहयोग र छेडागाड नगरपालिकाको समन्वयमा कामीको बुधबार बेलुका उद्धार गरिएको प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।

स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी हुन नसक्दा तीन दिनपछि उहाँको उद्धार गरी सुर्खेतस्थित वीरेन्द्रनगर प्रदेश अस्पतालमा भर्ना गरिएको छ ।