७ पुष २०८२, सोमबार
,
Latest
चिसोमा तातेको राजनीतिः जेनजी आन्दोलन, ओली देउवा भेट, सर्वपक्षीय बैठक र सेनाको स्पष्टोक्ति खाल्डोमा पुरिएर एक जनाको मृत्यु निर्वाचन कानुन र व्यवस्थापनबारे छलफल सम्पन्न क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे
तपाईं के खोज्दै हुनुहुन्छ ?

छुवाछुत नगरपालिका घोषणा गरिने



अ+ अ-

सुर्खेत । भेरी नगरपालिकालाई जातीय छुवाछुत तथा भेद्भावमुक्त नगरपालिका घोषणाको गरिने भएको छ । जिल्लाकै छुवाछुतमुक्त नगरपालिका घोषणाका लागि पहल कदमी लिने पहिलो नगरपालिका हो ।

आगामी जेठ २१ गते जातयि छुवाछुत तथा भेद्भावमुक्त नगर घोषणा गर्न भेरी नगरपालिकाले झण्डै तीन दर्जन भन्दा बढी सामाजिक अभियान्ता तयार गरी सो सम्बन्धी कामलाई अघि बढाएको छ । उक्त रणनीतिक योजनामा जातीय छुवाछुत तथा भेद्भाव सम्बन्धिका सवाल पहिचान गर्नुको साथै जातीय छुवाछुत तथा भेद्भावमुक्त नगर घोषणाका सूचक निर्माण गरिएको छ ।

सो अभियानलाई अघि बढाउन सामाजिक अभियान्ताले काम गर्नेछन् । जातीय छुवाछुत तथा भेदभा्व सम्बन्धी भएका संवैधानिक तथा कानूनी व्यवस्थाका विषयमा गाउँ–गाउँमा गएर छलफलसमेत गर्ने भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताउनुभयो ।

विज्ञान र प्रविधिले २१औँ शताब्दीको युगमा मान्छेले मान्छेलाई नै गरिने छुवाछुत तथा जातीय भेद्भाव गैरकानूनी भएको प्रमुख घर्तीले बताउनुभयो । भेरी नगरपालिकालाई जातीय छुवाछुत तथा भेद्भावमुक्त नगर घोषणा गर्नलाई नगरपालिकाले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले बताउनुभयो ।

विसं २०७६ मा जाजरकोट जिल्लालाई जातीय छुवाछुत तथा भेद्भावमुक्त जिल्ला घोषणा गर्न २०७० सालमा निर्माण गरिएको रणनीतिक योजनालाई भेरी नगरपालिकाले स्रोतका रुपमा प्रयोग गर्नुपर्ने सुझाव दिइएको छ ।