८ असार २०८३, सोमबार
,
Latest
उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने ठूला अस्पतालमा बर्न युनिट सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने फक्ताङलुङमा पहिरो जाँदा दुई घरमा क्षति काठमाडौं महानगरका ५३ शिक्षक–शिक्षिकाले लिए स्काउट मास्टर आधारभूत तालिम पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रास्वपाको बन्द सत्र स्थगित, प्रतिनिधि विवाद टुंग्याउन छलफल जारी जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण ट्रक महासंघसहित यातायात व्यवसायीको माग सम्बोधन, एलसी खोलिएका सवारी दर्ता हुने सरकारले किसानको हितमा काम गर्ने : मुख्यमन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूप ज्योति समूह विरूद्धको जाहेरी फिर्ता लिन मल्लले दिए निवेदन



अ+ अ-

काठमाडौं । ठगीको आरोपमा पक्राउ परेका डा. रुप ज्योतिको मुद्दा जाहेरी कर्ताले नै मुद्दा फिर्ताका लगि प्रहरीमा निवेदन दिएका छन् । ब्यवसायी ज्योतिबिरुद्ध उजुरी दिने विगेन्द्रकृष्ण मल्लले मुद्दा फिर्ताका लगि प्रहरीमा निवेदन दिएका छन् ।

आफुलाई रुप ज्योति र उनकी छोरी सुरुचिले ठगी गरेको भन्दै दुई साताअघि मल्लले प्रहरीमा उजुरी दिएका थिए । मल्लको उजुरीलाई आधार मानेर प्रहरीले विदेशबाट फर्किदै गरेका रुप ज्योतिलाई विमानस्थलबाटै नियन्त्रणमा लिएका थिए । प्रहरी हिरासतमा रहेका रुप ज्योतिको दुई पटक अदालतबाट म्याद थप पनि भइसकेको छ ।

प्रहरीले रुप ज्योति र उनकी छोरीको ठगी अभियोग सरकारी वकिलको कार्यालयमा पाठाएपनि सरकारी वकिलको कार्यालयले मुद्दा चलाउँछ या चलाउँदैन त्यो भने अहिले नै एकिन भइसकेको छैन । सरकारी वकिलको कार्यालयले मुद्दा अदालतमा लिने तयारी भने गरिरहेको छ ।

बाँसबारीस्थित जग्गा प्लटिङ किनबेचमा ठगी गरेको भन्दै उनीबिरुद्ध उजुरी परेको थियो