१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया

मोदी र पुटिनद्धारा भारत-रुस सम्वन्धको समिक्षा

मोदी र पुटिनद्धारा भारत-रुस सम्वन्धको समिक्षा
अ अ+ अ-

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधबार ब्राजिलमा भेटवार्ता भएको छ ।
उहाँहरुका बीचमा भारत र रुसको आपसी सम्वन्धका बारेमा समिक्षा गर्दै दुई देशको मित्रतालाई अझ मजबुद गराउने बारेमा छलफल भएको बताइएको छ । ब्राजिलमा आयोजित ११औँ “ब्रिक्स” सम्मेलनका लागि आएको बेला दुई शिर्ष नेताबीच भेटवार्ता भएको हो ।

उहाँहरुले दुई देशको व्यापारका बारेमा पनि कुराकानी गर्नुभएको भारतको विदेश मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।
भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले भन्नुभयो, “राष्ट्रपति पुटिनसँगको भेटवार्ता अत्यन्त उत्कृष्ट भयो ।” “हामीले भेटवार्ताका क्रममा भारत र रुसको सम्वन्धलाई अझ बलियो कसरी बनाउने भन्ने बारेमा कुराकानी गरेका छौँ,” उहाँले थप्नुभोे ।

विश्वकै प्रभावशाली मानिने नेताहरु मध्ये यी दुई नेताको भेटघाट अहिले फेरी झण्डै दुई महिनापछि भएको हो । प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिनले तेल र प्राकृतिक ग्याँसको स्थायित्व र बृद्धिका बारेमा पनि छलफल गर्नुभएको बताइएको छ ।

दुई दिने औपचारिक भ्रमणका लागि मोदी बुधबार ब्राजिल आइ पुग्नु भएको हो । ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको साझा मञ्च मानिने “ब्रिक्स”को सम्मेलनमा सहभागीता जनाउन ती देशका नेताहरु ब्राजिलमा भेला भएका छन् ।

ब्रिक्सको यो ११औँ सम्मेलनमा डिजिटल अर्थतन्त्र, विज्ञान र प्रविधिको क्षेत्रमा पाँच देशको रणनीतिक भूमिकाका बारेमा बढी छलफल हुने जनाइएको छ ।
त्यसैगरी आतङ्कवादविरुद्ध संयुक्त रुपमा लड्ने संयन्त्र बनाउने विषय पनि यस सम्मेलनको प्राथमिकताको विषय भएको बताइएको छ ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रधानमन्त्री मोदीले यो सम्मेलनबाट ब्रिक्सका सदस्य राष्ट्रहरु सांस्कृतिक तथा आर्थिक पक्षबाट पनि जोडिने विश्वास व्यक्त गर्नुभएको थियो ।
सम्मेलनका क्रममा मोदी र पुटिनसँगै चीनका राष्ट्रपति सि चिनफिङ, ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलगायतका शिर्ष नेताहरुका बीचमा पनि भेटवार्ता तथा छलफल हुने कार्यक्रम रहेको छ ।