१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त रास्वपा सभापति र चिनियाँ राजदुत विच भेट प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पर्वतबाट २१ लाख रकम सहयोग बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब निकासा भोटेकोशी बाढीः एक हजार ६८ शव फेला, चार हजार ६०६ सम्पर्कविहीन सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिन सरकार लजाउनु पर्दैनः काँग्रेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी बैंकको सञ्चालकः छ प्रदेशमा निर्विरोध, बागमतीमा निर्वाचन हुने



अ+ अ-

काठमाडौँ। राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचनका लागि छ प्रदेशका सञ्चालक निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन समितिका अनुसार लेखा सुपरिवेक्षण समितिमा एक जना संयोजकसहित दुई सदस्य पनि निर्विरोध निर्वाचित भएका छन् ।

बागमती प्रदेशतर्फको सञ्चालक पदका लागि भने यही जेठ ९ गते निर्वाचन हुने कार्यक्रम तय गरिएको छ ।

बागमती प्रदेशको सञ्चालक पदका लागि सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षी दलसहित तीन दलले साझा उम्मेदवार घोषणा गरेका छन् । उनीहरूले डा. परितोष पौडेललाई साझा उम्मेदवारका रूपमा अघि सारेका हुन् ।

उम्मेदवार घोषणा कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गीता सत्याल, एमाले नेता केशव बडाल, खगराज अधिकारी, खेमप्रसाद लोहनी तथा नेकपाका सचिवालय सदस्य लीलामणि पोखरेललगायतले सहकारी अभियानलाई मूल्य–मान्यताअनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

राष्ट्रिय सहकारी महासंघका कार्यवाहक अध्यक्ष रमेश पोखरेल र उम्मेदवार पौडेलले सहकारी अभियानलाई पारदर्शी, जवाफदेही र जिम्मेवार रूपमा अघि बढाउन साझा घोषणापत्र तयार गरी सार्वजनिक गरिने जानकारी दिए ।

बागमती प्रदेशको सञ्चालक पदका लागि मतदान भने सातै प्रदेशका प्रतिनिधिहरूले गर्ने व्यवस्था गरिएको छ ।