काठमाडौं । निजामती कर्मचारीको अनिवार्य अवकाशका लागि उमेरहद ६० वर्ष पुर्याइएको छ । यसअघि ५८ वर्ष उमेर पुगेपछि अनिवार्य अवकाशको व्यवस्था थियो ।
बिहीबार सिंहदरवारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेरहद ६० वर्ष पुर्याइएको हो । संघीय निजामती सेवा विधेयकमाथिको दफावार छलफलमा कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ६० वर्ष राख्न सदस्यहरु सहमत भएका हुन् ।