३१ श्रावण २०८३, आईतवार
,
Latest
शेरबहादुर देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने काँग्रेस संस्थापन इतर पक्षको निर्णय तथ्य र तर्कमा आधारमा राजनीतिक धारणा बनाउन युवालाई पुर्वराष्ट्रपति भण्डारीको सुझाव फरक विचारको सम्मान नै लोकतन्त्रको शक्ति शशांक कोइरालाले भने– कांग्रेसको आन्तरिक एकताका लागि सबै पक्ष एकताबद्ध हुनुपर्छ नयाँ टाटा पन्च ईभीको विशेष अफर आज अन्तिम, भोलिबाट मूल्य बढ्ने नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै गृहमन्त्री गुरुङद्वारा गोरखाका मतदातासँग भेटघाट, स्थानीयका समस्या समाधान गर्ने प्रतिबद्धता नेपाल अर्थोपेडिक अस्पतालको २८औँ वार्षिकोत्सव सम्पन्न लघुवित्त पीडित र सरकारबीच ७ बुँदे सहमति, राजधानी केन्द्रित आन्दोलन स्थगित कैलालीका १३ स्थानीय तहमा ‘एक स्थानीय तह दुई उत्पादन’ अभियान, रु. ५ करोड ५० लाख…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडकको सुरक्षा प्रत्येक नागरिकको दैनिकी र व्यवहारसँग जोडिएको छः सचिव सिग्देल



अ+ अ-

काठमाडाैँ । पूर्वाधार विकास मन्त्रालयका सचिव एवं राष्ट्रिय सडक सुरक्षा परिषद्का अध्यक्ष गोपालप्रसाद सिग्देलले सडक सुरक्षा केबल ट्राफिक प्रहरीको मात्र जिम्मेवारी नभई प्रत्येक नागरिकको दैनिकी र व्यवहारसँग जोडिएको विषय भएको बताउनुभएको छ ।

विश्व सडक सुरक्षा सप्ताहका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सवारी दुर्घटना न्यूनीकरणका लागि कानुन कार्यान्वयनसँगै जनचेतना अभिवृद्धि अपरिहार्य रहेको बताउनुभयो । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले सडक सुरक्षासम्बन्धी अभियानलाई समुदायस्तरसम्म विस्तार गरिने बताउनुभयो ।

उहाँले ट्राफिक व्यवस्थापनमा नागरिक सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै सबैलाई जिम्मेवार र अनुशासित सडक प्रयोगकर्ता बन्न आग्रह गर्नुभयो । नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले सवारी दुर्घटना न्यूनीकरण गर्न सबैको सहयोग आवश्यक भएको उल्लेख गर्दै नियम पालनामा कडाइ गर्नुपर्नेमा जोड दिनुभयो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ट्राफिक नियमको पालना, सवारीसाधनको नियमित परीक्षण, मादक पदार्थ सेवन गरेर सवारी नचलाउने बानी तथा पैदलयात्रुको सचेत व्यवहारले दुर्घटना न्यूनीकरणमा योगदान पुग्ने बताउनुभयो ।

त्यस अवसरमा सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेशबहादुर केसी, राष्ट्रिय सडक सुरक्षा परिषद्का सरोज प्रधान, यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौला, राष्ट्रिय रोटरीको सडक सुरक्षा कमिटीका अध्यक्ष नुगल वैद्य, निमा नेपालका कार्यकारी निर्देशक राजकुमार दुलाल, अखिल नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष दीपक केसीलगायतले सवारी दुर्घटनाका चुनौती, ट्राफिक अनुशासन तथा सुरक्षित यातायात प्रणाली निर्माणका विषयमा आआफ्ना धारणा राख्नुभएको थियो ।

कार्यक्रममा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी, टोल सुधार समिति, युवा क्लब, नगर प्रहरी, विद्यार्थी, सवारी चालक–सहचालक, समाजसेवी तथा सञ्चारकर्मीको उल्लेख्य सहभागिता थियो ।