१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया

अमेरिकामा सानो गल्ति र सोचाइले किन बर्बाद हुन्छ नेपालीको परिवार ?

अमेरिकामा सानो गल्ति र सोचाइले किन बर्बाद हुन्छ नेपालीको परिवार ?
अ अ+ अ-

सानुबाबु सिलवाल​ । लोग्ने श्रीमानको बाउआमालाइ ६ महिना अमेरिकामा ल्याइ खुवाइ पिआइ गरि खुशिसाथ नेपाल फर्काएपछि आफ्नि बाउआमा पनि अमेरिका ल्याइ घुमाउने र आफ्नै साथमा कमसेकम ६ महिना राख्ने उनको धोको माथि कुठाराघात गरिदिएछन टेक्सासमा बस्दै आइरहेकि एक महिलाकि मागि बिबाह गरि १३ बर्ष सङ्गसङ्गै जिउदै आएका आफ्नै लोग्ने अर्थात श्रीमानले। पहिल्लै शर्त रहेछ आलोपालो आफ्ना बाउआमा ल्याउने र घुमाउने भन्नेमा जोडि श्रीमान श्रीमतिमा। तर​, श्रीमान भनाउदोका मन भित्रको कालो फिलिङ्गले आफ्नै सासुससुरा अमेरिका आउने तत्कालको बाटै बन्द गरिदिए। आफ्नो बाउआमा ल्याउने तर आफ्नो सासुससुरा ल्याउन नदिने कुटिल र धुर्त श्रीमानको यो घटीया कर्म जतिबेला थाहा पाइन उनिले उनि भुइमा लड्न पुगिछन झन्डै झन्डै बेहोस जस्तै।

भैदिएछ के भने श्रीमान लोग्ने अमेरिकन नागरिक तर श्रीमति चाहि अझै ग्रिन कार्डमै रहिछन​। सिटिजनका लागि ग्रिनकार्डमा बस्नु पर्ने ५ बर्ष काटेर पनि नेपालको आफ्नो जायजेथा नगुमोस भन्ने हेतुले श्रीमान चाहि नागरिक बन्ने तर श्रीमति चाहि ग्रिन कार्डमै केहि बर्ष अल्झिरहने आपसि सहमतिले नै यस्तो गरेका रहेछन तिनले।

सासुससुराल​ऐ अमेरिकन ज्वाइ नागरिककै नामबाट निमन्त्रणा गर्दा भिषा प्राप्त गर्न सहज र बिश्वासिलो होला भन्ने लागेर उनकै नाममा निमन्त्रणा पठाइएको रहेछ तर जब आफ्ना बाउआमा भिषा अन्तर्बार्तामा ग​ए तर भिषा पाएनन। उनिले ठानिन त्यस्तै भयो र चित्त बुझाइछिन​। अर्को पालि उनकै नामबाट गरौला भन्ने सोच राखिन​।

लगभग ३ हप्ता पछि जब लोग्ने एकदिन काममा ग​ए तर उनले इमेल बन्द गर्न भुलेछन। घरको डेस्कटपमा भ​एको इमेल खुल्लै रहेछ​। खाना साना खाएर आफु पनि काममा जाने सुरसारमा हुदाहुदै एक्कासि कम्प्युटरमा उनको आखा गयो। इमेल खुल्लै, सर्सर्ति हेरिन इमेल​। एउटा इमेल यस्तो थियो कि आफ्नै श्रीमानले आफ्नै सासुससुराको बिरुद्दमा आफुले निमन्त्रणा नगरेको र उक्त निमन्त्रणासङ्ग आफु सरोकार नभ​एकाले भिषा नदिन अनुरोध गरिएको चिठ्ठि जब फेला पारिन​। उनले बिश्वासै गर्न सकिनन र फेरि दोहोर्याएर पढिन तर यथार्थता त्यहि थियो आफ्नै छोरिज्वाइले आफ्नै सासुससुरालाइ भिषा नदिन एम्बेसि दुताबासलाइ लेखिएको चिठ्ठी।
यो भन्दा घात के नै हुन्थ्यो र परिवारमा। रोइछिन धेरै। पर्खिन बेलुकासम्म। श्रीमान कामबाट आए साझ​। उनले भनिन तिमि नै भनिन श्रीमानलाइ। तिमि सोफमा बस, तिमिसङ्ग सिरियस्ली कुरा गर्नु छ​। यहि कुरा गर्न नै त्यसदिन उनि काम छोडिन उनले।

के गरेको यो तिमिले एम्बेसिलाइ चिठ्ठि लेखेर​ ? मेरो बाबुआमा तिम्रो बाउ आमा जस्तै होइनन ? तिम्रो बाउआमा अमेरिका आइ ६ महिना मैले स्याहार गर्दा मेरा बाउ आमा यहा आउदा तिमिलाइ के को अप्ठेरो पर्यो ? किन लेख्यौ यो चिठ्ठि मलाइ जबाफ चाहियो भन्दा लोग्नेले भनेछन आइ डन्ट लाइक योर्स प्यारेन्ट​रु ड्याट्स ह्वाइ आइ डिड इट​। उनिहरुकै छोरिसङ्ग बस्ने, म तिम्रो श्रीमति तर तिमिलाइ मेरो बाउ आमा प्रति घृणा रहेछ हैन​ ? हो, त मेरो बाटो छोडिदिन सक्छेस​। आइ वान्ट डिभोर्स​। यति लोग्नेले के मात्रै भनेका थिए उनले भनिन ठिक छ, मन बिचार नै नमिले पछि सङ्गसङ्गै जिवन घिसारेर अघि लैजान सकिदैन​। वकिल हायर गरौ भोलि। सुत्न ग​ए त्यस रात दुबै आ-आफ्नै कोठामा। भोलि पल्ट बिहानै अनलाइन र सोधपुछ पछि वकिलको निधो गरे दुबैले। अहिले उनिहरु सेपरेसनमा छन पारपाचुकेका लागि प्रक्रिया पुर्याउनका लागि।

एउटा सानो गल्ति र गलत सोचाइले आज एउटा परिवार बर्बाद भयो टेक्सासमा। तर​, यो क्रम जारि छ अमेरिकामा। डलर छ​, काम छ र समुन्नति सहितको गुणात्मक लाइफ पनि तर पिस र पिस अफ माइन्ड छैन धेरैको अमेरिकामा। श्रीमान कमाउछन​, श्रीमति पनि कमाउछिन एउटा अर्कोमा फाइनान्सियल्लि निर्भर हुनै पर्दैन अमेरिकामा। सहमति, स्वतन्त्रता, सम्झौता र साझेदारि ५०/५० अर्थात फिट्टि फिट्टी हो। चाहे खर्चमा, चाहे आम्दानिमा, चाहे स्वतन्त्रतामा, चाहे माया र सम्बन्धमा। जसले तोड्छ​, जो बेखुसि छ हि अर सि क्यान लिभ​, दिस इज एन दि अमेरिका !