६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कृषि अनुदानमा प्रभावकारिता कमजोर, ३२ अर्ब खर्च हुँदा पनि उत्पादनमा अपेक्षित वृद्धि भएन

कृषि अनुदानमा प्रभावकारिता कमजोर, ३२ अर्ब खर्च हुँदा पनि उत्पादनमा अपेक्षित वृद्धि भएन
अ+ अ-

काठमाडाैँ ।  कृषि क्षेत्रमा वितरण हुँदै आएको अनुदान प्रभावकारी हुन नसकेको महालेखापरीक्षककाे कार्यालयले औंल्याएको छ। कार्यालयकाे त्रिसहिऔं वार्षिक प्रतिवेदनले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ४० (५) अनुसार कुनै संस्थालाई उपलब्ध गराइएको रकम तोकिएको उद्देश्यअनुसार खर्च भए–नभएको अनुगमन गरी वार्षिक विवरण तयार गर्नुपर्ने व्यवस्था भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सञ्चालन गरेका १२ वटा अनुदान कार्यक्रममा कुल ३२ अर्ब १३ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ। मन्त्रालयबाट प्रदान गरिएको अनुदानमध्ये रासायनिक मल खरिदतर्फ मात्रै ८३.५१ प्रतिशत रकम खर्च भएको देखिएको छ।

सङ्घीयता कार्यान्वयनपछि सङ्घ, प्रदेश र स्थानीय तह गरी तीनै तहका सरकारबाट कृषि क्षेत्रमा विभिन्न अनुदान कार्यक्रम सञ्चालन भइरहे पनि अनुदान वितरणको एकीकृत अभिलेख अद्यावधिक नहुँदा दोहोरोपना देखिएको प्रतिवेदनले जनाएको छ।

त्यसैगरी किसान सूचीकरण तथा परिचयपत्र वितरणको काम सम्पन्न नहुँदा प्रस्ताव माग गरी वितरण गरिने अधिकांश अनुदान कार्यक्रममा सीमान्तकृत किसानको पहुँच कमजोर रहेको उल्लेख गरिएको छ। तीनै तहका सरकारबीच समन्वय अभावका कारण अनुदान उपयोगको प्रभावकारी अनुगमन तथा मूल्याङ्कन हुन नसकेको र त्यसले कृषि उत्पादन तथा उत्पादकत्वमा अपेक्षित वृद्धि हासिल हुन नसकेको महालेखापरीक्षकको निष्कर्ष छ।