३१ श्रावण २०८३, आईतवार
,
Latest
परिवर्तनको खोजिमा हिँडेको जनमत वामपन्थी शक्तिहरुसँग टाढिनुको कारण नखोजि अघि बढ्न सकिँदैनः शक्ति बस्नेत शेरबहादुर देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने काँग्रेस संस्थापन इतर पक्षको निर्णय तथ्य र तर्कमा आधारमा राजनीतिक धारणा बनाउन युवालाई पुर्वराष्ट्रपति भण्डारीको सुझाव फरक विचारको सम्मान नै लोकतन्त्रको शक्ति शशांक कोइरालाले भने– कांग्रेसको आन्तरिक एकताका लागि सबै पक्ष एकताबद्ध हुनुपर्छ नयाँ टाटा पन्च ईभीको विशेष अफर आज अन्तिम, भोलिबाट मूल्य बढ्ने नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै गृहमन्त्री गुरुङद्वारा गोरखाका मतदातासँग भेटघाट, स्थानीयका समस्या समाधान गर्ने प्रतिबद्धता नेपाल अर्थोपेडिक अस्पतालको २८औँ वार्षिकोत्सव सम्पन्न लघुवित्त पीडित र सरकारबीच ७ बुँदे सहमति, राजधानी केन्द्रित आन्दोलन स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको रक्षार्थ उभिनुपर्ने जिम्मेवारी एमालेको काँधमा आएको छः रामबहादुर थापा



अ+ अ-

काठमाडाैँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा बादलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको रक्षा गरेर अघि बढ्नुपर्ने जिम्मेवारी सिंगो पार्टी पंक्तिको काँधमा आएको बताउनुभएको छ ।

आइतवार मदन आश्रित स्मृति सभाको अवर पारेर काठमाडौंको बल्खुस्थित मदन नगरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले एमाले र एमालेको नेतृत्व ओलीलाई समाप्त पार्ने षड्यन्त्र देशीविदेशी शक्तिहरुले गरिरहेकाले ती दुवैको रक्षा गर्ने जिम्मेवारी एमालेको काँधमा आएको बताउनुभएको हो । उपाध्यक्ष थापाले जेन–जी आन्दोलन, निर्वाचन, सरकार, सरकारका निर्णय, पार्टी अध्यक्ष ओलीमाथि भईरहेका षडयन्त्रहरुलाई हेर्दा ती सबै घटनाक्रमहरु दासढुंगा हत्याकाण्डनै निरन्तरताको रुपमा रहेको दाबी समेत गर्नुभयो ।

उहाँले भन्नुभयो,‘अहिले सरकारले ल्याएको अध्यादेश हेर्नुस, मन्त्रीपरिषद्ले गरेको निर्णयहरु हेर्नुस् । हाम्रो अध्यक्षको गिरफ्तारीलाई हेर्नुस् । उहाँमाथि लगाईका मुद्दाहरुको प्रकृतिलाई हेर्नुस् । यी सबै घटनाहरु के हुन् ? यी सबै घटनाहरु दासढुंगा घटनाकै निरन्रता हुन् । त्यसैको एउटा श्रृंखलाको रुपमा हामीले बुझ्नुपर्दछ । त्यसैले आज नेकपा एमालेको पछाडि एउटा गम्भिर कार्यभारहरु उपस्थित भएको छ । यी सबै घटनाक्रमहरु दासढुंगादेखि यहाँसम्मका घटनाक्रमहरुले हामीलाई के संकेत गरेको छ भने  नेकपा एमालेको रक्षाको निम्ति देशीविदेशी शक्तिहरुले जसरी नेकपा एमालेलाई सखाप पार्ने, समाप्त पार्ने जो अभियान उनीहरुले संचालन गरेका छन् । नेकपा एमाले र त्यसको नेतृत्वलाई रक्षा गर्ने एउटा गम्भिर ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा आएको छ ।’

उपाध्यक्ष थापाले एमाले र नेतृत्वमाथि जुन निरन्तर आक्रमण भइरहेकाले त्यसको विरुद्ध सचेत भएर लाग्नुपर्ने बेला आएको पनि बताउनु भयो ।