९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत खरिद सम्झौतामा कमजोरी, प्राधिकरणलाई अर्बौँको अतिरिक्त भार



अ+ अ-

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्वतन्त्र ऊर्जा उत्पादकसँग गरेको विद्युत खरिद सम्झौता तथा उत्पादन व्यवस्थापन प्रभावकारी हुन नसक्दा अर्बौँ रुपैयाँको अतिरिक्त व्ययभार परेको महालेखा परीक्षकको कार्यालयको त्रिसठ्ठीऔँ वार्षिक प्रतिवेदनले औँल्याएको छ।

प्रतिवेदनअनुसार यस वर्षसम्म प्राधिकरणले २५३ स्वतन्त्र ऊर्जा उत्पादकसँग १६ हजार २७ मेगावाट विद्युत खरिद सम्झौताको प्रक्रियामा रहेको छ। तर, योजना अनुसार विद्युत उत्पादन हुन नसक्दा अधिकांश महिनामा लक्ष्यभन्दा कम उत्पादन भएको देखिएको छ।

योजना र वास्तविक उत्पादनको तुलना गर्दा करिब २६ करोड ८८ लाख किलोवाट–घण्टा विद्युत उत्पादन घाटा भएको प्रतिवेदनमा उल्लेख छ। उत्पादन कमीका कारण एक मित्रराष्ट्रबाट थप विद्युत आयात गर्नुपर्दा प्राधिकरणलाई अनुमानित १ अर्ब २२ करोड ७९ लाख रुपैयाँ अतिरिक्त व्ययभार परेको देखिएको छ।

महालेखा परीक्षकको कार्यालयले विशेषगरी सुक्खा याममा आयातित विद्युतमा उच्च निर्भरता रहेको तथा रन अफ रिभर प्रकृतिका जलविद्युत आयोजनाबाट वर्षायाममा उत्पादित विद्युत खेर जाने अवस्था रहेको उल्लेख गरेको छ। यसले प्राधिकरणलाई आर्थिक घाटा बढाएको प्रतिवेदनको निष्कर्ष छ।

प्रतिवेदनमा विद्युत उत्पादन, आपूर्ति र मागको यथार्थ मूल्यांकन गरी दीर्घकालीन व्यावसायिक विद्युत योजना तयार गर्न तथा त्यसैका आधारमा विद्युत खरिद सम्झौता गर्न सुझाव दिइएको छ।