९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुठी संस्थानको जग्गा अभिलेख अस्तव्यस्त, विभिन्न जिल्लामा अतिक्रमण



अ+ अ-

काठमाडौँ ।  गुठी संस्थानले आफ्नो स्वामित्वमा रहेका जग्गाको एकीकृत तथा अद्यावधिक अभिलेख व्यवस्थित गर्न नसकेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयको त्रिसठ्ठीऔँ वार्षिक प्रतिवेदनअनुसार संस्थानसँग जिल्लागत जग्गाको स्पष्ट विवरण तथा अद्यावधिक अभिलेख नहुँदा कुल जग्गाको वास्तविक क्षेत्रफल यकिन हुन सकेको छैन।

सम्पत्ति व्यवस्थापन गुठी संस्थान (कार्य व्यवस्था) विनियम, २०४९ को विनियम १७(१) मा संस्थानले आफ्नो अधिकार क्षेत्रभित्रका जग्गाको छुट्टै लगत तयार गरी नियमित अद्यावधिक गर्नुपर्ने व्यवस्था भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको प्रतिवेदनमा उल्लेख छ।

गुठी संस्थानले उपलब्ध गराएको विवरणअनुसार विभिन्न ६८ जिल्लामा पहाडी क्षेत्रमा ५ लाख ६१ हजार ९९० रोपनी तथा तराई क्षेत्रमा ६६ हजार ३३० बिघा जग्गा गुठीको नाममा रहेको देखिन्छ। तर, अभिलेख व्यवस्थापन कमजोर हुँदा सम्पूर्ण जग्गाको यकिन विवरण उपलब्ध छैन।

प्रतिवेदनमा संस्थानको नाममा रहेका केही जग्गा अतिक्रमणमा परेको पनि उल्लेख गरिएको छ। विवरणअनुसार धनुषा जिल्ला मा ४३.५ बिघा, महोत्तरी जिल्ला मा १२२ बिघा, बारा जिल्ला मा २७ बिघा, पर्सा जिल्ला मा ७ बिघा तथा काठमाडौं, ललितपुर र भक्तपुर मा क्रमशः १४, १२ र २ रोपनी जग्गा अतिक्रमण भएको देखिएको छ।

महालेखा परीक्षकको कार्यालयले गुठी संस्थानलाई सम्पूर्ण जग्गा तथा सम्पत्तिको एकीकृत अभिलेख तयार गरी नियमित अद्यावधिक गर्न, अतिक्रमित जग्गाको संरक्षण गर्न तथा उपयोग व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन दिएको छ ।