१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया

कालापानीबारे चीनको भनाई: मैत्रीपूर्ण संवादबाट नेपाल र भारतबीच विवाद समाधान होस्

कालापानीबारे चीनको भनाई: मैत्रीपूर्ण संवादबाट नेपाल र भारतबीच विवाद समाधान होस्
अ अ+ अ-

काठमाडौं । नेपालको कालापानीलाई भारतले नयाँ नक्सामा गाभेको बिषयमा चीनले बिहीबार पहिलोपटक प्रतिक्रिया सार्वजनिक गरेको छ । चीनले कालापानीको विवाद मेत्रीपूर्ण परामर्श र सम्वादका आधारमा नेपाल र भारतले समाधान गर्ने सदिच्छा व्यक्त गरेको छ । उसले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गरेको पनि स्पष्ट पारेको छ । नेपाल, भारत र चीनको त्रिदेशीय बिन्दूका सम्बन्धमा भने चीनले बोलेको छैन ।

चिनियाँ दूतावासका प्रवक्ताका तर्फबाट बिहीबार साँझ जारी विज्ञप्तिमा भनिएको छ, ‘चिनियाँ पक्ष सदिच्छा व्यक्त गर्न चाहन्छ कि नेपाल र भारतले मैत्रीपूर्ण परामर्श र सम्वादमार्फत् कालापानीमाथिको बिवाद समाधान गर्नेछन् । चिनियाँ पक्षले सधैँ नेपाली पक्षको भौगोलिक अखण्डता र सार्वभौमसत्ताको सम्मान गरेको छ ।’ चीनबाट नेपाली भूभाग मिचिएको समाचार र टिप्पणिप्रति चिनियाँ दुतावासले असन्तोष पोखेको छ ।

‘केही गैरजिम्मेबार मिडिया र व्यक्तिहरुले नेपाली भूमि चीनबाट अतिक्रमित भएको दाबी गरिरहेका छन् । यी आरोप आधारहिन छन् र जनताको ध्यान अन्त मोड्ने गरी भ्रम सिर्जना गर्ने प्रयत्न भएको छ ।’ चिनियाँ दूतावासले भनेको छ । नेपाल र चीनबीच सन् १९६१ मा भएको सीमा सन्धीको पृष्ठभूमि उल्लेख गर्दै दूताबासले त्यही आधारमा सीमा तय भएको र सीमांकन भएको पनि चीनले भनेको छ ।

‘वर्षौँ यता नेपाल र चीनबीच सीमा तथा सुख्खा बन्दरगाहका बिषयमा राम्रो सहकार्य हुँदै आएको छ’ चिनियाँ विज्ञप्तिमा उल्लेख छ, ‘यो वर्षको अक्टोबरमा चिनियाँ राष्ट्रपतिले सफल राजकीय भ्रमण गर्नुभएको छ । त्यसक्रममा दुवै पक्षले सीमा व्यवस्थापन प्रणालीसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

चीनले बाह्य हस्तक्षेपको अवज्ञा गर्दै सीमासम्बन्धी मामिलालगायत सहकार्य थप सुदृढ गर्न चाहेको छ । र, नेपालसँग साझा विकास प्रवद्र्धन गर्न पनि चीनले चाहेको छ । नेपाल चीन सम्बन्धलाई कमजोर पार्ने कसैको प्रयास सम्भव हुनेछैन ।’ नयाँ पत्रिका दैनिबाट